अध्यक्षमा जितेपछि नमोनारायणले भने,‘पार्टी नहेरी काम गर्छु’

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा निर्वाचित नमोनारायण माझीले सबैसँग समन्वय गरेर विकास निर्माणको काम अघि बढाउने बताएका छन् ।

पालिका अध्यक्षमा विजयी भएको घोषणा पछि उनले पार्टी नहेरी सबैसँग समन्वय गरेर काम गर्ने बताएका हुन् ।

‘हिजो म पार्टीको नेता थिए, आज जनताको नेता भए, जनप्रतिनिधि भए,’ उनले भने,‘ एमाले, कांग्रेस मतलब छैन, सबै मेरा लागि बराबर हो, सबैसँग समन्वय गरेर अघि बढ्छु ।’ पालिकाका उम्मेदवारसँग राम्रा एजेन्डा अघि बढाउने बताउँदै उनले कसैलाई भेदभाव नगरी सबैलाई समान व्यवहार गर्ने बताए ।

माओवादीको एक्लो प्रयासले मात्रै सम्भव नहुने बताउँदै उनले पालिकाको विकासका लागि सबैसँग समन्वय गरेर अघि बढ्ने बताए ।

प्रकाशित मिति: सोमबार, १७ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.