ग्रामथानकाे अध्यक्षमा माओवादी उम्मेदवार १४ सय मतले अगाडि, २३ सय मत गणना हुन बाँकी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जित नजिक पुगेका छन् ।

पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझीले ६ हजार २८० मत पाएका छन् । उनका निकटमत प्रतिद्वन्धी नेपाली कांग्रेसका बलराम सरदारले ४ हजार ७९१ मत पाएका छन् । नेकपा एमाले उम्मेदवार तुलसीराम विश्वसाले ३ हजार २६६ मत पाएका छन् ।

ग्रामथानमा नमोनारायण माझीले दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवारसँग १ हजार ४ सय ८५ मतको अग्रता बनाएका छन् । नेकपा माओवादी केन्द्रका नेता कुलश लिम्बुले मतगणना नसकिदै माझीको जित निश्चित भएपछि मतगणना स्थल आसपास कार्यकर्ताले खुसियाली मनाइरहेका छन् ।

ग्रामथानमा अब २ हजार ३ सय ८३ मत गणना हुन बाँकी छ । आइतबार भएको उपनिर्वाचनमा ग्रामथानमा १८ हजार ५७७ मत खसेको थियो । सोमबार बिहान साढे ७ बजेसम्म १६ हजार १९४ मत गणना भएको छ ।

प्रकाशित मिति: सोमबार, १७ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.