विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जित नजिक पुगेका छन् ।
पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझीले ६ हजार २८० मत पाएका छन् । उनका निकटमत प्रतिद्वन्धी नेपाली कांग्रेसका बलराम सरदारले ४ हजार ७९१ मत पाएका छन् । नेकपा एमाले उम्मेदवार तुलसीराम विश्वसाले ३ हजार २६६ मत पाएका छन् ।
ग्रामथानमा नमोनारायण माझीले दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवारसँग १ हजार ४ सय ८५ मतको अग्रता बनाएका छन् । नेकपा माओवादी केन्द्रका नेता कुलश लिम्बुले मतगणना नसकिदै माझीको जित निश्चित भएपछि मतगणना स्थल आसपास कार्यकर्ताले खुसियाली मनाइरहेका छन् ।
ग्रामथानमा अब २ हजार ३ सय ८३ मत गणना हुन बाँकी छ । आइतबार भएको उपनिर्वाचनमा ग्रामथानमा १८ हजार ५७७ मत खसेको थियो । सोमबार बिहान साढे ७ बजेसम्म १६ हजार १९४ मत गणना भएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,455)
जीवन विकासले बोलायो साधारणसभा (2,421)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,380)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,365)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,235)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,169)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,561)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,125)