गढी गाउँपालिका-६ मा कांग्रेस उम्मेदवार विजयी, माओवादी दाेस्राे

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सुनसरीको गढी गाउँपालिका–६ मा नेपाली कांग्रेस विजयी भएको छ ।

कांग्रेसका उम्मेदवार तेतर साहु ८ सय १६ मतसहित विजयी भएका हुन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार कुशेश्वर खेरवार दोस्रो भएका छन् । उनले ७ सय ९४ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका उम्मेदवार शन्तु उराव ७ सय ७० मतसहित तेस्रो भएका छन् । २०७९ सालमा याे वडा एमालेले जितेको थियाे ।

प्रकाशित मिति: सोमबार, १७ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.