ग्रामथानमा माओवादी केन्द्रकाे फराकिलो अग्रता, पछ्याउँदै कांग्रेस

Satya Sanchar सत्य सञ्चार
एमाले उम्मेदवार तुलसीराम विश्वास, कांग्रेस उम्मेदवार बलराम सरदार र माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझी ।

विराटनगर । माेरङकाे ग्रामथान गाउपालिकाकाे उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारले अग्रता बनाएका छन् ।

पछिपछि कांग्रेस उम्मेदवार छन् । पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार नमाेनारायण माझीले ४ हजार ८०२ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका कांग्रेस उम्मेदवार बलराम सरदार थारुले ३ हजार १४४ मत पाएका छन् ।

नेकपा एमाले उम्मेदवार तुलसीराम विश्वास २ हजार १३८ मतसहित तेस्रो स्थानमा छन् । चाैथाे स्थानमा रहेका राप्रपा उम्मेदवार दिवेशकुमार थन्दारले ३८८ मत पाएका छन् ।

पाँचौ स्थानमा रहेकाे रास्वपा उम्मेदवार नविनकुमार विश्वासले २५८ मत पाएका छन् । ग्रामथानमा २०७९ सालमा कांग्रेसले जितेको थियाे ।

प्रकाशित मिति: सोमबार, १७ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.