सुनसरीकाे गढीमा प्रतिस्पर्धा राेचक

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सुनसरीको गढी गाउँपालिका – ६ को अध्यक्षमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

२ हजार ६४५ मत खसेको गढीमा १ हजार ८२१ मत गणना हुँदा कांग्रेसका उम्मेदवार तेतर साहु ५४५ मत पाएका छन् । एमालेका शन्तु उराव ५४८ मत ल्याएका छन् ।

माओवादीका कुशेश्वर खेरवारले ५४३ मत पाएका छन् ।

२०७९ को चुनावमा यो पालिकामा नेकपा एमालेका सदानन्द उराँव झागरले ७१२ मत प्राप्त गरेर विजयी भएका थिए । त्यो बेला माओवादी केन्द्रका कुशेश्वर खेरवारले ४२४ मत र कांग्रेसका तिलेश्वर चौधरीले ४१६ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति: सोमबार, १७ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.