झापाकाे कनकाइ वडा नम्बर -६ मा स्वतन्त्र उम्मेदवार विजयी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । झापाको कनकाइ नगरपालिका वडा नम्बर ६ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली विजयी भएका छन् ।

नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका ओली ४९३ मतसहित अध्यक्षमा विजयी भएका हुन् ।

उनले चापाकल चुनाव चिन्ह लिएका थिए ।

कनकाइमा एमाले उम्मेदवार तुलाराम बस्नेतले ३५६ मत ल्याए ।

कांग्रेस उम्मेदवार रामगोपाल ओलीले ३१७ मत प्राप्त गरे ।

माओवादी केन्द्रका गणेशबहादुर थापाले २ सय ७७ मत पाएका छन् ।

प्रकाशित मिति: आइतबार, १६ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.