विराटनगर । स्थानीय तह उपनिर्वाचनकाे मतदान सकिएकाे छ । मतदानमा प्रक्रियामा मतदाताकाे उत्साहपूर्ण सहभागिता देखिएकाे छ । देशभर करिब ६२ प्रतिशत मतदान भएकाे छ ।
आज काेशी प्रदेशकाे ८ स्थानमा उपनिर्वाचन भएकाे थियाे ।
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष, ताप्लेजुङको सिरिजंघा गाउँपालिका ३, झापाको कनकाई नगरपालिका ६, तेहृथुमको लालीगुराँस नगरपालिका ८, सुनसरीको गढी गाउँपालिका ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका ५, उदयपुरको त्रियुगा नगरपालिका १२, बेलका नगरपालिका ९ काे वडा अध्यक्षका लागि मतदान भएको हाे ।
उपनिर्वाचनमा ग्रामथान गाउँपालिकामा १८ हजार ५७७ अर्थात ७१.३ प्रतिशत, ताप्लेजुङकाे सिरिजंघा– ३ मा ८९१ अर्थात ५८.३१ प्रतिशत, झापाकाे कनकाइ नगरपालिका ६ मा १ हजार ५१३ अर्थात ७३.५१ प्रतिशत मत खसेकाे छ ।
त्यस्तै तेह्रथुमकाे लालिगुरास – ८ मा ९२३ अर्थात ६२.३२ प्रतिशत, सुनसरीकाे गढी गाउँपालिका ६ मा २ हजार ६४५ अर्थात ७३.२ प्रतिशत, ओखलढुङ्गाको मोलुङ गाउँपालिका ५ मा ७६८ अर्थात ५७.९६ प्रतिशत, उदयपुरकाे त्रियुगा नगरपालिका १२ मा २ हजार ७२७ अर्थात ६५.६८ प्रतिशत र उदयपुरकै बेलका नगरपालिका ९ मा १ हजार ८८५ मत अर्थात ६० प्रतिशत मत खसेकाे प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चाेलाराज दंगालले जानकारी दिए ।
कोशी प्रदेशमा एक गाउँपालिका अध्यक्ष र ७ वडाध्यक्ष पदका आज मतदान भएको थियो । पालिका अध्यक्षका लागि १६ जना र सात वडाको अध्यक्षका लागि ५५ जना प्रतिष्पर्धामा छन् ।
उपनिर्वाचन भएकाे पालिकामा ४३ हजार ११ जना मतदाता थिए । प्रदेशकाे उपनिर्वाचन भएकाे ८ वटै क्षेत्रमा मतपेटिका संकलन जारी छ । मतपेटिका संकलनपछि आजबाटै मतगणना सुरु हुने उनले बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,455)
जीवन विकासले बोलायो साधारणसभा (2,421)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,380)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,365)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,235)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,169)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,561)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,125)