स्थानीय तह उपनिर्वाचन : काेशीका ८ स्थानमा कहाँ कति खस्याे मत ?

Satya Sanchar सत्य सञ्चार

विराटनगर । स्थानीय तह उपनिर्वाचनकाे मतदान सकिएकाे छ । मतदानमा प्रक्रियामा मतदाताकाे उत्साहपूर्ण सहभागिता देखिएकाे छ । देशभर करिब ६२ प्रतिशत मतदान भएकाे छ ।

आज काेशी प्रदेशकाे ८ स्थानमा उपनिर्वाचन भएकाे थियाे ।

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष, ताप्लेजुङको सिरिजंघा गाउँपालिका ३, झापाको कनकाई नगरपालिका ६, तेहृथुमको लालीगुराँस नगरपालिका ८, सुनसरीको गढी गाउँपालिका ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका ५, उदयपुरको त्रियुगा नगरपालिका १२, बेलका नगरपालिका ९ काे वडा अध्यक्षका लागि मतदान भएको हाे ।

उपनिर्वाचनमा ग्रामथान गाउँपालिकामा १८ हजार ५७७ अर्थात ७१‍.३ प्रतिशत, ताप्लेजुङकाे सिरिजंघा– ३ मा ८९१ अर्थात ५८.३१ प्रतिशत, झापाकाे कनकाइ नगरपालिका ६ मा १ हजार ५१३ अर्थात ७३‍‍.५१ प्रतिशत मत खसेकाे छ ।

त्यस्तै तेह्रथुमकाे लालिगुरास – ८ मा ९२३ अर्थात ६२‍.३२ प्रतिशत, सुनसरीकाे गढी गाउँपालिका ६ मा २ हजार ६४५ अर्थात ७३.२ प्रतिशत, ओखलढुङ्गाको मोलुङ गाउँपालिका ५ मा ७६८ अर्थात ५७.९६ प्रतिशत, उदयपुरकाे त्रियुगा नगरपालिका १२ मा २ हजार ७२७ अर्थात ६५‍.६८ प्रतिशत र उदयपुरकै बेलका नगरपालिका ९ मा १ हजार ८८५ मत अर्थात ६० प्रतिशत मत खसेकाे प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चाेलाराज दंगालले जानकारी दिए ।

कोशी प्रदेशमा एक गाउँपालिका अध्यक्ष र ७ वडाध्यक्ष पदका आज मतदान भएको थियो । पालिका अध्यक्षका लागि १६ जना र सात वडाको अध्यक्षका लागि ५५ जना प्रतिष्पर्धामा छन् ।

उपनिर्वाचन भएकाे पालिकामा ४३ हजार ११ जना मतदाता थिए । प्रदेशकाे उपनिर्वाचन भएकाे ८ वटै क्षेत्रमा मतपेटिका संकलन जारी छ । मतपेटिका संकलनपछि आजबाटै मतगणना सुरु हुने उनले बताए ।

प्रकाशित मिति: आइतबार, १६ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.