ग्रामथानमा आजबाटै मतगणना गर्ने तयारी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा आजै मत भएको उपनिर्वाचनको मतगाणना आजबाटै सुरु गर्ने तयारी भएको छ ।

जसका लागि मतगणनास्थल तयार बनाइएको छ ।

अध्यक्ष पदका लागि भएको निर्वाचनमा मतदान सकिएपछि मतपेटिका संकलन हुनेछ । लगतै मतणना पनि सुरु गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामराज पौडेलले बताए ।

मतपेटिका संकलनपछि सर्वदलीय बैठक बसेर तुरून्तै गणना सुरू गर्ने तयारी भएको उनले बताए । उनका अनुसार दुईवटा टोली बनाएर मतणना गर्ने तयारी छ ।

प्रकाशित मिति: आइतबार, १६ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.