स्थानीय तह उपनिर्वाचन : माेरङकाे ग्रामथानमा मतदान जारी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको नेतृत्वका लागि मतदान जारी छ । स्थानीय तह उपनिर्वाचन अन्तरगत ग्रामथानमा बिहान साढे ७ बजेबाट मतदान सुरु भएको थियो ।

सहायक निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार बिहान ९ बजेसम्म १ हजार ७६ मत खसिसकेको छ । उनका अनुसार मतदाता आउनेक्रम बढेको छ । मतदाताले लाइन लागेर मतदान गरिरहेका छन् ।

ग्रामथानमा १२ मतदानस्थल र २९ वटा केन्द्र तोकिएको छ । ७ वटा वडा रहेको ग्रामथानमा २६ हजार ४४ मतदाताले मतदानमा छन् ।

ग्रामथानको अध्यक्षमा एमालेबाट तुलसीराम विश्वास, कांग्रेसबाट बलराम सरदार, माओवादी केन्द्रबाट नमोनारायण माझी, रास्वपाबाट नवीनकुमार विश्वास, राप्रपाबाट दिनेशकुमार थन्दार, अशोक राई नेतृत्वको जसपाबाट धर्मेन्द्रकुमार चौधरी उम्मेदवार छन् ।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, एकीकृत समाजवादी पार्टीबाट दिलबहादुर विश्वकर्मा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट सुरेशकुमार राजवंशी, समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझी, नेमकिपाबाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहर र नमनारायण चौधरी स्वतन्त्र उम्मेदवार छन् ।

प्रकाशित मिति: आइतबार, १६ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.