स्थानीय तह उपनिर्वाचन : नयाँ नेतृत्वका लागि सुरु भयाे मतदान

Satya Sanchar सत्य सञ्चार

विराटनगर । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान शुरु भएको छ । बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । बेलुका ५ बजेसम्म मतदान हुनेछ ।

उपचुनावको लागि एक सय ६२ मतदानस्थल र दुई सय ९३ वटा मतदानकेन्द्र तोकिएको छ । एक मेयर, एक उपमेयर, दुई अध्यक्ष, चार उपाध्यक्ष र ३३ वडाध्यक्ष गरी ४१ पदका लागि उपचुनाव भएको हो ।

निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा २० राजनीतिक दलका र स्वतन्त्रसमेत गरेर तीन सय ७६ जना उम्मेदवार छन् । उपचुनाव हुने पालिकामा दुई लाख २६ हजार सात सय ९९ मतदाता छन् ।

निर्वाचन आयोगले मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको चुनाव चिन्हमा निर्धक्क भई मतदान गर्न सबै मतदातालाई आग्रह गरेको छ ।

मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बरको परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणपत्रका आधारमा मतदान गर्नसक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, १६ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.