कांग्रेस एमाले बैठक : बजेट संशोधन गर्ने सहमति, पहिचान पक्षधरसँग वार्ता पनि गर्ने

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशको दुई दलीय सम्यन्त्रले प्रदेशको बजेट संसोधन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको बैठकले बजेट संशोधन गर्ने निर्णय गरेको हो ।

चालू आर्थिक वर्ष २०८१–८२ का लागि काशीमा बजेट ल्याउँदा एमाले र माओवादी केन्द्रको सरकार थियो । बजेटप्रति एमाले र कांग्रेस सांसद असन्तुष्ट थिए । सरकार फेरिएपनि आफैले ल्याएको बजेट भएका कारण संशोधन गर्न मुख्यमन्त्री हिक्मतकुमार कार्की तयार थिएनन् । कांग्रेस एमालेबीच सरकार बनेको करिब पाँच महिनापछि मुख्यमन्त्री कार्की बजेट संसोधन गर्न तयार भएका हुन् ।

बैठकमा सहभागि प्रदेश सरकारका प्रवक्ता तथा नेपाली कांग्रेस प्रदेश महामन्त्री भूपेन्द्र राईले अध्ययन गरी बजेट संसोधन गर्ने निर्णय भएको बताए । ‘खर्च नुहने बजेट,कार्यान्व्यनमा नजाने बजेटको पहिचान गरेर संशोधन गर्ने सल्लाह भएको छ,’ उनले भने, ‘कसरी जाने भन्ने चाहिँ प्रदेश सरकारको कुरा हो ।’

बैठकले पहिचान पक्षधरसँग वार्ता गर्ने पनि निर्णय गरेको छ । ‘पहिचान पक्षधर र पाथिभरा मन्दीर क्षेत्रमा भइरहेको आन्दोलनका विषयमा सरकार र सम्यन्त्रले छलफल गर्ने निर्णय भएको छ ,’ मन्त्री राईले भने ,‘ छलफलका लागि सरकारले समिति बनाउनेछ, दुई दलिय सम्यन्त्रले पनि आवश्यक संवाद र सहजीकरण गर्नेछ ।’

बैठकले सरकारको कामलाई प्रभावकारी गराउने पनि निर्णय गरेको उनले बताए । बैठकमा प्रदेश सरकारका मन्त्री र दुई दलिय सम्यन्त्रका नेताहरु सहभागी थिए ।

‘बजेट संशोधनको तयारी सुरु गर्ने र दुई दलको सहमतिबाट विशेष प्राथमिकता प्राप्त र नागरिकको अत्यावश्यक मागहरुलाई आधार मानी कार्यन्वयनयोग्य कार्यक्रमहरुमा बजेटलाई केन्द्रित गर्ने, निर्णय भएको छ,’ मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सचिवालयले सार्वजनिक गरेको विवरणमा भनिएको छ,‘ प्रदेश सरकारका सामु रहेका चुनौतिहरुलाई सामना गर्न नियमीत छलफल, परामर्श र समीक्षा गर्दै अवसर र संभावनाहरुको अधिकतम उपयोग गर्ने, दुई दलिय संयण्त्रमार्फत केन्द्रबाट पहल गरि विभिन्न शिर्षकहरुमा थप बजेटका लागि पहल गर्ने निर्णय भएको छ।’

बैठकले प्रदेश लगानी सम्मेलन, अन्तराष्ट्रिय चिया सम्मेलन र पर्यटन वर्ष महोत्सव लगायतको तयारी र व्यवस्थापनका लागि सबै क्षेत्रलाई समेट्ने पनि निर्णय गरेको छ । प्रदेश सरकार मातहतका सहकारीहरुको बचत, लगानी र अन्य अपचलनको अधययन गर्न सरकारले समिती बनाउने पनि सहमति भएको छ ।

प्रकाशित मिति: शुक्रबार, १४ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.