काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले आज भ्रमण तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार ८७ जनाको टोलीसहित प्रधानमन्त्री ओली मंसिर १७ गते बेइजिङ प्रस्थान गर्नेछन् ।
प्रधानमन्त्री ओली मंसिर १७ गतेदेखि २० गतेसम्म (डिसेम्बर २–५ तारिक) चीनको औपचारिक भ्रमण गर्नेछन् । भ्रमण टोलीमा उनकी पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु प्रसाद रिमाल, आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा, सांसदहरू, उच्च सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीसहित ८७ जना रहने छन् ।
१७ गते बेइजिङ प्रस्थान गर्ने ओलीले १८ गते राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
उनले चिनियाँ जनकांग्रेसका स्थायी समिति अध्यक्ष चाओ लेजीसँग पनि भेटघाट गर्ने कार्यसूची छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मन्तव्यसमेत दिने छन् । उनले नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । यो मञ्च नेपालस्थित चिनियाँ दूतावास, चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद र नेपाल उद्योग वाणिज्य महासंघको सहआयोजनामा आयोजना हुनेछ ।
प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली मंसिर २० अर्थात् डिसेम्बर ५ मा नेपाल फर्कने छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,449)
जीवन विकासले बोलायो साधारणसभा (2,417)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,378)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,363)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,229)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,167)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,123)