कोशीमा उपचार सहयोगका लागि ३२४३ जनाको निवेदन, मन्त्रालयलाई बजेट पुगेन

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयमा कडा रोगको उपचार सहयोगका लागि तीन हजार बढीले निवेदन दिएका छन् । तर बजेट अभावका कारण मन्त्रालयले सहयोग वितरण गर्न सकेको छैन ।

प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार २४३ जनाले उपचार सहयोग माग गर्दै निवेदन परेको छ ।

कडा खालको रोगीको उपचारका लागि सरकारले गत वर्ष ५० हजारका दरले सहयोग रकम उपलब्ध गराएको थियो । गत वर्ष सरकारले पाँच करोड रुपैयाँ वितरण गरेको थियो ।

चालु आर्थिक वर्षका लागि पनि पाँच करोड रुपैयाँ बजेट विनियोजन भएको छ । तर उपचार सहयोगका लागि निवेदन दिनेको सङ्ख्या ३ हजार २४३ भएका कारण सरकारले रकम वितरण नगरेको हो ।

कोशी प्रदेशका स्वास्थ्य मन्त्री भूपेन्द्र राईले कडा खालका रोगीका लागि सहयोग रकम हस्तान्तरणका लागि थप बजेट माग गरिएको बताए । उनका अनुसार निवेदन दिएकाहरुलाई ५० हजारले सहयोग रकम वितरण गर्नका लागि १४ करोड हाराहारी बजेट चाहिन्छ । ५ करोड मात्रै बजेट विनियोजन भएका कारण थप ९ करोड बजेट सुनिश्चित गरेर उपचार सहयोग वितरण गर्ने उनले बताए । कोशी प्रदेश सरकारले क्यान्सर, मृगौला र मुटु रोगलगायत कडा रोगीलाई ५० हजार रुपैयाँका दरले गत वर्ष सहयोग वितरण गरेको थियो ।

स्वास्थ्य मन्त्रालयमा ३ हजार २४३ निवेदन मध्ये मन्त्रालयले ५१५ जनालाई सहयोग वितरण गर्ने निर्णय गरिसकेको छ । २ हजार ७३४ वटा निवेदनमाथि निर्णय हुन बाँकी छ ।

प्रकाशित मिति: बिहिबार, १३ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.