चीन जाँदै परराष्ट्रमन्त्री राणा, शुक्रबार चिनियाँ समकक्षीसँग वार्ता

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन जाँदैछिन् । प्रधानमन्त्री ओलीले मंसिर १७ गते चीन जानेछन् । चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा आज चीन जान लागेकी हुन् ।

मन्त्री राणाले शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीसँग छेङ्दुमा भेटवार्ता गर्ने तय भएको छ ।

भेटमा प्रधानमन्त्रीको भ्रमण दुई देशको आपसी हितका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले बताएको छ ।

आगामी मंसिर १७ गते प्रधानमन्त्री केपी शर्मा ओली ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाँदैछन् । परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री ओलीको भ्रमण दलमा पनि सहभागी हुनेछिन् ।

प्रकाशित मिति: बिहिबार, १३ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.