काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरको तापक्रम निरन्तर घट्दो छ । आज बिहान पौने ६ बजेको मापनमा न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस छ । मंगलबार भने काठमाडौंको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस मापन भएको थियो ।
मौसमविदले आगामी दिनमा तापक्रम घट्ने क्रम अझै जारी रहने बताएका छन् । त्यसैले चिसोबाट जोगिन आवश्यक पूर्वतयारीका काम गर्न जल तथा मौसम विज्ञान विभागले सबैलाई अनुरोध गरेको छ ।
मौसमविद् सञ्जिव अधिकारीले भने, ‘जाडो क्रमशः बढ्दै गइरहेको छ । तर यही बेला विगतको औसत तापक्रमसँग तुलना गर्ने हो भने चाहिँ सामान्य नै छ ।’
स्थिर खालको वायुमण्डल भएकाले तराई मधेश र पहाडी भेगमा हुस्सु लाग्ने र त्यो केहीबेरसम्म रहीरहने गरेको मौसमविद अधिकारीले बताए । आज बिहान पनि काठमाडौं उपत्यका, तराई र पहाडी भेगका केही स्थानमा हुस्सु लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा चिसो जुम्लामा छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ४.५ छ ।
जोमसोममा शून्य, जिरीमा ४.७, डडेलधुरामा ७.३, ओखलढुंगामा ७.६ र ताप्लेजुङमा ८.२ डिग्री सेल्सियस मापन भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव छ । आज वर्षाको सम्भावना छैन ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,447)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,376)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,359)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)