एनपिएलका लागि विराटनगरको तयारी पूरा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट प्रतियोगिताका लागि विराटनगर किंग्सले आफ्नो तयारी पूरा गरेको जनाएको छ । मंसिर १५ देखि एनपिएल सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल विराटनगर र जनकपुर बोल्ड्सबीच हुनेछ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै विराटनगर किंग्सका मालिक तथा पूर्व क्रिकेट खेलाडी पारस लुनियाले तयारी पूरा भएको बताए । उनले प्रतियोगिताका लागि कोच र मार्की खेलाडी सन्दीप लामिछानेको सल्लाहमा खेलाडी छानेको जानकारी दिए ।

उनले एनपीएलमा कोशी प्रदेशको नाम राख्ने गरी खेल खेल्ने र लिगले खेलाडी उत्पादनमा निकै सहयोग पुर्‍याउने बताए ।

एनपीएल एक किसिमको व्यापार भएको र यसबाट मुलुकमात्र होइन, क्रिकेट एसोसिएसन र क्रिकेट खेलाडीहरूलाई फाइदा पुग्ने बताए ।

विराटनगर किंग्सका खेलाडीले विराटनगर– ६ स्थित मेरिलेबोन ज्वाला क्रिकेट मैदानमा प्रशिक्षण गरेका थिए । टोली प्रतिस्पर्धाका लागि बुधबार राजधानी काठमाडौं जाँदैछ ।

५ जना विदेशी खेलाडीसहित ट्यालेण्ट हण्टबाट छानिएका ३ जना खेलाडीहरूसमेत समावेश गरेर विराटनगर किंग्सको क्रिकेट टिम बनाइएको प्रशिक्षक दीपेन्द्र चौधरीले जानकारी दिए ।

प्रकाशित मिति: मङ्गलबार, ११ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.