एनपिएलका लागि विराटनगरको तयारी पूरा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट प्रतियोगिताका लागि विराटनगर किंग्सले आफ्नो तयारी पूरा गरेको जनाएको छ । मंसिर १५ देखि एनपिएल सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल विराटनगर र जनकपुर बोल्ड्सबीच हुनेछ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै विराटनगर किंग्सका मालिक तथा पूर्व क्रिकेट खेलाडी पारस लुनियाले तयारी पूरा भएको बताए । उनले प्रतियोगिताका लागि कोच र मार्की खेलाडी सन्दीप लामिछानेको सल्लाहमा खेलाडी छानेको जानकारी दिए ।

उनले एनपीएलमा कोशी प्रदेशको नाम राख्ने गरी खेल खेल्ने र लिगले खेलाडी उत्पादनमा निकै सहयोग पुर्‍याउने बताए ।

एनपीएल एक किसिमको व्यापार भएको र यसबाट मुलुकमात्र होइन, क्रिकेट एसोसिएसन र क्रिकेट खेलाडीहरूलाई फाइदा पुग्ने बताए ।

विराटनगर किंग्सका खेलाडीले विराटनगर– ६ स्थित मेरिलेबोन ज्वाला क्रिकेट मैदानमा प्रशिक्षण गरेका थिए । टोली प्रतिस्पर्धाका लागि बुधबार राजधानी काठमाडौं जाँदैछ ।

५ जना विदेशी खेलाडीसहित ट्यालेण्ट हण्टबाट छानिएका ३ जना खेलाडीहरूसमेत समावेश गरेर विराटनगर किंग्सको क्रिकेट टिम बनाइएको प्रशिक्षक दीपेन्द्र चौधरीले जानकारी दिए ।

प्रकाशित मिति: मङ्गलबार, ११ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.