एनपीएलको ट्रफीमा सगरमाथा आधार शिविरको ढुंगा

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थीतिमा नेपाल प्रिमियर लिग(एनपीएल) को ट्रफी सार्वजनिक भएको छ ।

लिगमा सहभागी ८ टिमका मार्की खेलाडीले धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन् ।

ट्रफीमा सगरमाथाको आधार शिविर कालापत्थरबाट ल्याइएको ढुंगा समावेश छ ।

विश्वलाई हिमाल संरक्षण गर्ने सन्देश दिनका लागि सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा राखिएको नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले जानकारी दिए ।

ट्रफीमा राख्नका लागि आरोहीद्वय निमा शेर्पा र मिङ्मा शेर्पाले ढुंगा ल्याएका थिए ।

अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एनपीएलले नेपाली क्रिकेटको विकास गर्ने बताए । सरकारले खेलकुद क्षेत्रलाई जति प्रोत्साहन गर्नुपर्ने हो, त्यति गर्न नसकेको पनि उनले बताए ।

प्रकाशित मिति: सोमबार, १० मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.