सुनसरीमा टिपर र भ्यानको ठक्करबाट दम्पतीको मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सुनसरीमा टिपर र  भ्यानकाे ठक्करबाट दुई जनाको मृत्यु भएको छ । सुनसरीको इटहरी उपहानगरपालिका–१६ बालग्राम चोकमा आइतबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गमा पूर्व तर्फ जाँदै गरेको को ३६ प ५६३७ नम्बरको बुलेट मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ क ३३८८ नम्बरको टिपरले ठक्कर दिएको थियो । टिपरको ठक्करबाट अनियन्त्रित भएर सडकमा लडेको मोटरसाइकललाई प्रदेश १–०२–००१ ज ३८११ नम्बरको म्याजिक भ्यानले पनि ठक्कर दिएको थियो ।

दुई वटा सवारीले ठक्कर दिदा मोटरसाइकलमा सवार संखुवासभाको धर्मदेवी नगरपालिका–३ का ३२ वर्षीय युवराज गुरुङ र ३२ वर्षीय टीका गुरुङको मृत्यु भएको हो । प्रहरीका अनुसार उनीहरु श्रीमानश्रीमती हुन् ।

टिपरका कारण मोरङ सुनसरीमा ९ दिनको अन्तरमा भएको दोस्रो ठूलो दुर्घटना हो । गत १ मंसिरमा पूर्वपश्चिम राजमार्गको मोरङको पथरी शनिश्चरे २ मा खण्डमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको थियो ।

पथरीशनिश्चरे–२ सुनझोडा पुलमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २९२८ नम्बरको टिपरले पूर्वतर्फ जाँदै गरेको को २० प ६०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पथरीशनिश्चरे–७ का १८ वर्षीय निश्चल आङदाम्बे र पछाडि सवार पथरीशनिश्चरे–२ का ४८ वर्षीय प्रितम गौतमको मृत्यु भएको थियो ।

प्रकाशित मिति: आइतबार, ०९ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.