विराटनगर । सुनसरीमा टिपर र भ्यानकाे ठक्करबाट दुई जनाको मृत्यु भएको छ । सुनसरीको इटहरी उपहानगरपालिका–१६ बालग्राम चोकमा आइतबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गमा पूर्व तर्फ जाँदै गरेको को ३६ प ५६३७ नम्बरको बुलेट मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ क ३३८८ नम्बरको टिपरले ठक्कर दिएको थियो । टिपरको ठक्करबाट अनियन्त्रित भएर सडकमा लडेको मोटरसाइकललाई प्रदेश १–०२–००१ ज ३८११ नम्बरको म्याजिक भ्यानले पनि ठक्कर दिएको थियो ।
दुई वटा सवारीले ठक्कर दिदा मोटरसाइकलमा सवार संखुवासभाको धर्मदेवी नगरपालिका–३ का ३२ वर्षीय युवराज गुरुङ र ३२ वर्षीय टीका गुरुङको मृत्यु भएको हो । प्रहरीका अनुसार उनीहरु श्रीमानश्रीमती हुन् ।
टिपरका कारण मोरङ सुनसरीमा ९ दिनको अन्तरमा भएको दोस्रो ठूलो दुर्घटना हो । गत १ मंसिरमा पूर्वपश्चिम राजमार्गको मोरङको पथरी शनिश्चरे २ मा खण्डमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको थियो ।
पथरीशनिश्चरे–२ सुनझोडा पुलमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २९२८ नम्बरको टिपरले पूर्वतर्फ जाँदै गरेको को २० प ६०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पथरीशनिश्चरे–७ का १८ वर्षीय निश्चल आङदाम्बे र पछाडि सवार पथरीशनिश्चरे–२ का ४८ वर्षीय प्रितम गौतमको मृत्यु भएको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,447)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,376)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,359)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)