जीवन विकासकाे १४ प्रतिशत बोनस शेयर घाेषणा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट लघुवित्तले शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

मंसिर ७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १४.७३६८ प्रतिशतका दरले (बाेनस र कर प्रयाेजनका लागि नगद) लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात याे लाभांश शेयरधनीले प्राप्त गर्नेछन् ।

मोरङकाे कटहरी गाउँपालिका २ मा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/०८१ को चौथो त्रैमाससम्म ५८ करोड २२ लाख मुनाफा आर्जन गरेको थियो ।

कोशी, मधेश र बागमती प्रदेशका २४ जिल्लामा १६० वटा शाखा कार्यालय मार्फत जीवन विकासले घरदैलाेमा पुगेर लघुवित्त सेवा प्रवाह गरिररहेकाे छ ।

नेपालकाे ठूलाे लघुवित्त मध्येकाे एक जीवन विकासमा ३ लाख ३९ हजार सदस्य र ९९३ जना कर्मचारी छन् ।

जीवन विकासले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९ करोड ९३ लाख ८५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

प्रकाशित मिति: आइतबार, ०९ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.