जीवन विकासकाे १४ प्रतिशत बोनस शेयर घाेषणा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट लघुवित्तले शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

मंसिर ७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १४.७३६८ प्रतिशतका दरले (बाेनस र कर प्रयाेजनका लागि नगद) लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात याे लाभांश शेयरधनीले प्राप्त गर्नेछन् ।

मोरङकाे कटहरी गाउँपालिका २ मा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/०८१ को चौथो त्रैमाससम्म ५८ करोड २२ लाख मुनाफा आर्जन गरेको थियो ।

कोशी, मधेश र बागमती प्रदेशका २४ जिल्लामा १६० वटा शाखा कार्यालय मार्फत जीवन विकासले घरदैलाेमा पुगेर लघुवित्त सेवा प्रवाह गरिररहेकाे छ ।

नेपालकाे ठूलाे लघुवित्त मध्येकाे एक जीवन विकासमा ३ लाख ३९ हजार सदस्य र ९९३ जना कर्मचारी छन् ।

जीवन विकासले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९ करोड ९३ लाख ८५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

प्रकाशित मिति: आइतबार, ०९ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.