‘बिलौनै बिलौना’ विमोचन 

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कवि हरि कट्टेलको ‘बिलौनै बिलौना’ कवितासङ्ग्रह विमोचन भएको छ ।

दोस्रो संस्करणको रूपमा प्रकाशित कृतिको पूर्वाञ्चल साहित्य प्रतिष्ठान, विराटनगर र छन्द बाटिका, नेपालद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा विमोचन गरिएको हो ।

साहित्यकार प्राध्यापक कविराज न्यौपाने, अग्रज साहित्यकारहरू बलराम पोखरेल, प्रा‍.डा. मेदिनीप्रसाद शर्मा, प्रा.डा.हरिहर भण्डारी, सोमराज अभय, आयोजक संस्था पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेल लगायतले संयुक्त रूपमा विमोचन गरे ।

यो कविता सङ्ग्रह कट्टेलको आठौं कृति हो ।

विमोचित कृतिमाथि समालोचक निर्मला कोइरालाले समीक्षा गरेकी थिइन् । उनले कवि किशोरावस्थामा प्रवेश गरेको बखत २०४५ सालमा यो कृतिको पहिलो संस्करण प्रकाशित भएको बताइन् । सङ्ग्रहभित्रका कविताहरू पढ्दा कविको युगचेत र कवित्व सशक्त र परिपक्व देखिएको बताइन् ।
कविताहरूमा कलात्मक ढङ्गले जन्मस्थान सोलुखुम्बुको माटो र प्रकृति, जन्मदिने आमा र जन्मिएको देशप्रति अगाध आस्था वकालत गरिएको चर्चा गरिन् ।

सो अवसरका साहित्यकारहरू रमेशचन्द्र अधिकारी, शारदा कार्की, कविपुत्री प्रज्ञा कट्टेल लगायतले विमोचन भएको सङ्ग्रहभित्रका कविता वाचन गरेका थिए ।

प्रमुख अतिथीसमेत रहेका प्राध्यापक कविराज न्यौपानेले  सङ्ग्रहित कविताहरूले एक युगको प्रतिनिधित्व गर्न सक्ने बताए । प्रा.डा. हरिहर भण्डारीले संग्रहभित्रका कविताहरूको भावमा सघनता, अभिव्यक्तिमा सूत्रात्मकता र सारमा स्तरीयता देखिएको बताए ।

साहित्यकार बलराम पोखरेलले कृतिकारलाई लेखनमा निरन्तरता दिन आग्रह गरे । प्राज्ञ विवश पोखरेलले कृतिको प्रशंसा गर्दै धेरै वर्षपछि पनि कवि हरि कट्टेलका कृतिहरू पाठकहरूले खोजी खोजी पढ्ने बताए ।

प्रकाशित मिति: शनिबार, ०८ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.