विराटनगर । कवि हरि कट्टेलको ‘बिलौनै बिलौना’ कवितासङ्ग्रह विमोचन भएको छ ।
दोस्रो संस्करणको रूपमा प्रकाशित कृतिको पूर्वाञ्चल साहित्य प्रतिष्ठान, विराटनगर र छन्द बाटिका, नेपालद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा विमोचन गरिएको हो ।
साहित्यकार प्राध्यापक कविराज न्यौपाने, अग्रज साहित्यकारहरू बलराम पोखरेल, प्रा.डा. मेदिनीप्रसाद शर्मा, प्रा.डा.हरिहर भण्डारी, सोमराज अभय, आयोजक संस्था पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेल लगायतले संयुक्त रूपमा विमोचन गरे ।
यो कविता सङ्ग्रह कट्टेलको आठौं कृति हो ।
विमोचित कृतिमाथि समालोचक निर्मला कोइरालाले समीक्षा गरेकी थिइन् । उनले कवि किशोरावस्थामा प्रवेश गरेको बखत २०४५ सालमा यो कृतिको पहिलो संस्करण प्रकाशित भएको बताइन् । सङ्ग्रहभित्रका कविताहरू पढ्दा कविको युगचेत र कवित्व सशक्त र परिपक्व देखिएको बताइन् ।
कविताहरूमा कलात्मक ढङ्गले जन्मस्थान सोलुखुम्बुको माटो र प्रकृति, जन्मदिने आमा र जन्मिएको देशप्रति अगाध आस्था वकालत गरिएको चर्चा गरिन् ।
सो अवसरका साहित्यकारहरू रमेशचन्द्र अधिकारी, शारदा कार्की, कविपुत्री प्रज्ञा कट्टेल लगायतले विमोचन भएको सङ्ग्रहभित्रका कविता वाचन गरेका थिए ।
प्रमुख अतिथीसमेत रहेका प्राध्यापक कविराज न्यौपानेले सङ्ग्रहित कविताहरूले एक युगको प्रतिनिधित्व गर्न सक्ने बताए । प्रा.डा. हरिहर भण्डारीले संग्रहभित्रका कविताहरूको भावमा सघनता, अभिव्यक्तिमा सूत्रात्मकता र सारमा स्तरीयता देखिएको बताए ।
साहित्यकार बलराम पोखरेलले कृतिकारलाई लेखनमा निरन्तरता दिन आग्रह गरे । प्राज्ञ विवश पोखरेलले कृतिको प्रशंसा गर्दै धेरै वर्षपछि पनि कवि हरि कट्टेलका कृतिहरू पाठकहरूले खोजी खोजी पढ्ने बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,411)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,223)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,582)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)