प्रधानमन्त्री ओली भन्छन्,‘ ०८३ असारसम्म प्रधानमन्त्री म, त्यसपछि देउवाजी’

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । वर्तमान सत्ता समीकरण २०८४ को मंसिरसम्म रहने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । काठमाडौँको दरबारमार्गमा नेकपा एमालेले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले कांग्रेस एमालेबीचको समीकरण ०८४ सम्म रहने बताएका हुन् ।

‘२०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता भ्रममा नपर्नुस, आम जनतालाई त्यस्ता भ्रममा पर्न नदिनुस्, २०८३ असारसम्म यो सरकार रहन्छ, त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री रहनु हुन्छ ।’

प्रधानमन्त्री ओलीले ओलीले सरकार ढल्ने भ्रममा नपर्न आग्रह गरे । उनले भने,‘सबैले बुझे हुन्छ, कान खोलेर सुने हुन्छ, मेरो अवधि म अब २०८३ असारसम्म प्रधानमन्त्री रहन्छु । त्यसपछि मैले शेरबहादुर देउवाजीलाई जिम्मा लगाउँछु ।’

चीन भ्रमण सफल हुन्छ

प्रधानमन्त्री ओलीले आफ्नो आसन्न चीन भ्रमण सफल हुने बताए । प्रधानमन्त्रीको हैसियतमा चीन भ्रमणमा जान लागेको भन्दै उनले भने ,‘चीन भ्रमण अत्यन्त सफल रहनेछ, यो कुरा फर्केर आएपछि थाहा पाउनुहुनेछ ।’

चीन यात्रा जनताको हितमा केन्द्रित हुने उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, ०७ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.