एमाले तेह्रथुमको अध्यक्षमा ढुंगाना विजयी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । गोविन्दराज श्रेष्ठलाई पराजित गर्दै नेकपा एमाले तेह्रथुमको अध्यक्षमा शिव ढुंगाना निर्वाचित भएका छन् ।

मंसिर ४ गतेबाट सुरु तेह्रथुमको १२ औं जिल्ला अधिवेशनमा नेतृत्वका लागि बिहीबार मतदान भएको थियो । ढुंगाना २३६ मतसहित विजयी भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार श्रेष्ठले २०४ मत ल्याए ।

अध्यक्षमा निर्वाचित भएका ढुंगाना १० बुँदे पक्षका हुन् । उनी पूर्व जिल्ला समन्वय समिति प्रमुख हुन् ।

एमाले तेह्रथुमको उपाध्यक्षमा सन्तोष तिगेला निर्विरोध निर्वाचित भए ।

सचिव तारा मादेन विजयी भए । उपसचिवमा यादव खापुङ निर्वाचित भए । महिला उपसचिव तारा ढकाल निर्वाचित भइन् ।

अधिवेशनबाट ८९ सदस्यीय जिल्ला कमिटी गठन भएको छ ।

प्रकाशित मिति: शुक्रबार, ०७ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.