विराटनगर । गोविन्दराज श्रेष्ठलाई पराजित गर्दै नेकपा एमाले तेह्रथुमको अध्यक्षमा शिव ढुंगाना निर्वाचित भएका छन् ।
मंसिर ४ गतेबाट सुरु तेह्रथुमको १२ औं जिल्ला अधिवेशनमा नेतृत्वका लागि बिहीबार मतदान भएको थियो । ढुंगाना २३६ मतसहित विजयी भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार श्रेष्ठले २०४ मत ल्याए ।
अध्यक्षमा निर्वाचित भएका ढुंगाना १० बुँदे पक्षका हुन् । उनी पूर्व जिल्ला समन्वय समिति प्रमुख हुन् ।
एमाले तेह्रथुमको उपाध्यक्षमा सन्तोष तिगेला निर्विरोध निर्वाचित भए ।
सचिव तारा मादेन विजयी भए । उपसचिवमा यादव खापुङ निर्वाचित भए । महिला उपसचिव तारा ढकाल निर्वाचित भइन् ।
अधिवेशनबाट ८९ सदस्यीय जिल्ला कमिटी गठन भएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,447)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,376)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,359)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)