पुथाउत्तरगंगाको वडा अध्यक्षमा जगत घर्ती निर्विरोध

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेकपा माओवादी केन्द्रको आधार क्षेत्र मानिएको रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर – २ को अध्यक्षमा जगत घर्ती निर्विरोध भएका छन् ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार घर्ती निर्विरोध अध्यक्ष चुनिएका हुन् । औपचारिक घोषणा हुन बाँकी छ ।

कांग्रेस–एमालेको गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती निर्विरोध भएका हुन् ।

यो गाउँपालिकाको उपाध्यक्षमा कांग्रेस एमालेको गठबन्धन छ । उपाध्यक्ष पदमा कांग्रेसको चुनाव चिह्नबाट एमालेकी जिल्ला उपसचिव केशकुमारी तुलाचन उम्मेदवार छिन् ।

पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएकी एकीकृत समाजवादीले उपाध्यक्षको उम्मेदवार सुनिता बुढालाई उम्मेदवारी फिर्ता गर्न लगाएर माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढालाई समर्थन गरेको छ ।

२०७९ को निर्वाचनमा गाउँपालिकाको उपाध्यक्ष पदमा विजयी भएकी माओवादी केन्द्रकी भुपेन्द्रा बुढा र वडा नम्बर २ का अध्यक्ष माओवादी केन्द्र जसबहादुर शिर्पालीको बागलुङमा भएको दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति: बुधबार, ०५ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.