विराटनगर । नेपाल प्रिमियर लिग (एनपिएल) टोली विराटनगर किंग्सले जर्सी सार्वजनिक गरेको छ ।
मंगलबार साँझ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थीतिमा मार्की खेलाडी सन्दिप लामिछानेले जर्सी सार्वजनिक गरे ।
विराटनगरको जर्सीको कलर पहेँलो र निलो छ । टिमको ऐन्थम गीत पनि सार्वजनिक भएको छ । कुशल पोखरेलले गीत गाएका हुन् ।
एमएडी ड्रिम्स स्पोर्ट्सको स्वामित्वमा रहेको विराटनगर किंग्सको मार्की खेलाडी लामिछाने छन् ।आईपीएल खेलेका सन्दीपले विश्वभरका अन्य चर्चित फ्रेन्चाइज लिग खेलेका छन् ।
विराटनगरमा नेपालको राष्ट्रिय टिमबाट खेलिसकेका प्रतिश जिशी, लोकेम बम, बासिर अहमद र जितेन्द्र मुखिया छन् । उमेर समुहबाट राष्ट्रिय टोलीका लागि खेलेका दिपक बोहरा, सुवास भण्डारी र नरेन भट्ट पनि छन् ।
विराटनगरको टिममा विश्वकै चर्चित खेलाडी मार्टिन गप्टिल पनि जोडिएका छन् । ओमानका अलराउण्डर आकिब इल्यास, क्यानडाका कप्तान निकोलस किर्टोन विराटनगरमा छन् ।
विराटनगरको मुख्य प्रशिक्षकमा आयरल्याण्डका पूर्व खेलाडी केभिन ओ’ब्रायन छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,449)
जीवन विकासले बोलायो साधारणसभा (2,417)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,378)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,363)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,231)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,167)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,123)