यस्तो छ विराटनगर किंग्सको जर्सी र टोली

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपाल प्रिमियर लिग (एनपिएल) टोली विराटनगर किंग्सले जर्सी सार्वजनिक गरेको छ ।

मंगलबार साँझ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थीतिमा मार्की खेलाडी सन्दिप लामिछानेले जर्सी सार्वजनिक गरे ।

विराटनगरको जर्सीको कलर पहेँलो र निलो छ । टिमको ऐन्थम गीत पनि सार्वजनिक भएको छ । कुशल पोखरेलले गीत गाएका हुन् ।

एमएडी ड्रिम्स स्पोर्ट्सको स्वामित्वमा रहेको विराटनगर किंग्सको मार्की खेलाडी लामिछाने छन् ।आईपीएल खेलेका सन्दीपले विश्वभरका अन्य चर्चित फ्रेन्चाइज लिग खेलेका छन् ।

विराटनगरमा नेपालको राष्ट्रिय टिमबाट खेलिसकेका प्रतिश जिशी, लोकेम बम, बासिर अहमद र जितेन्द्र मुखिया छन् । उमेर समुहबाट राष्ट्रिय टोलीका लागि खेलेका दिपक बोहरा, सुवास भण्डारी र नरेन भट्ट पनि छन् ।

विराटनगरको टिममा विश्वकै चर्चित खेलाडी मार्टिन गप्टिल पनि जोडिएका छन् । ओमानका अलराउण्डर आकिब इल्यास, क्यानडाका कप्तान निकोलस किर्टोन विराटनगरमा छन् ।

विराटनगरको मुख्य प्रशिक्षकमा आयरल्याण्डका पूर्व खेलाडी केभिन ओ’ब्रायन छन् ।

प्रकाशित मिति: बुधबार, ०५ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.