चार विद्यालयमा ‘थ्री जिरो’सँग सम्बन्धित हाजिरजवाफ र वक्तृत्वकला  प्रतियोगिता

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सहकार्यमा तीन वटा विद्यालयले हाजिरजवाफ प्रतियोगिता आयोजना गरेका छन् ।

मोरङको जहदा गाउँपालिका– ५ मा रहेको जनता माध्यमिक विद्यालय, धनपालथान गाउँपालिका ३ सोराभागमा रहेको शिवशक्ती माध्यमिक विद्यालय, धनपालथान गाउँपालिका – २ मा रहेको जनता माध्यमिक विद्यालयमा हाजिरजवाफ प्रतियोगिता आयोजना गरेको हो ।

धनपालथान गाउँपालिका ७ मा रहेको जीवन विकास पब्लिक स्कुलले वक्तृत्वकला प्रतियोगिता आयोजना  गरेको छ ।

जीवन विकास लघुवित्त, थ्री जिरो क्लब र नव बिहानीसँगको सहकार्यमा सञ्चालन भएको प्रतियोगितामा विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।

हाजिरजवाफमा तीन शून्य ( शून्य गरीबी, शून्य बेरोजगारी, शून्य खुद कार्वन उत्सर्जन) सँग सम्बन्धित प्रश्नहरू सोधिएको थियो । वक्तृत्वकला प्रतियोगिता जलवायु परिवर्तनमा युवाको भूमिका विषयमा आधारित थियो ।

जीवन विकासका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले गरिबी बेरोजगारी र कार्वन उत्सर्जन कम गर्नका लागि युवा अवस्थादेखि नै लाग्नका लागि प्रेरित गर्न विद्यार्थीसँग कार्यक्रम आयोजना गरिएको बताए । ‘गरिबी, बेरोजगारी र कार्वन उत्सर्जन संसारका सबै देशमा छ, यसको मात्रा मात्रै फरक छ,’ उनले भने,‘ संसारको समस्या समाधानका लागि सानै उमेरदेखि लाग्यौँ भने गरिबी, बेरोजगारी र कार्वन उत्सर्जन कम गर्न सक्छौं ।’

बिहीबार र शुक्रबार सञ्चालन भएकाे प्रतियोगितामा विजयी भएका विद्यार्थीलाई पुरस्कार पनि वितरण गरिएको थियो ।

शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जनको लक्ष्यसहित  थ्री जिरो अर्थात तीन शून्य क्लबले काम गरिरहेका छन् । थ्री जिरो क्लबमा १२ वर्षदेखि ३५ वर्ष उमेर समूहका युवाले सहभागिता जनाउन पाउँछन् ।  एउटा क्लबमा पाँच जना सदस्य हुन्छन् । वातावरण संरक्षण र अतिविपन्न परिवारको सहयोगमा थ्री जिरो क्लब बढी सक्रिय छन् ।

थ्रि जिरो क्लबको अवधारणा नोबेल शान्ति पुरस्कार विजेता प्रोफेसर मोहम्मद युनुसले अघि सारेका थिए । थ्री जिरो क्लब विश्वका ५० भन्दा बढी देशमा  फैलिएको छ । जीवन विकासले सामाजिक कार्य गर्दा थ्री जिरो क्लबसँग सहकार्य गर्दै आएको छ । थ्री जिरो क्लबसँग सहकार्य गरिरहेको जीवन विकासले सन् २०२२ यता लगातार तेस्रो पटक थ्री जिरो सहयोगी संस्थाको अवार्ड प्राप्त गरेको थियो ।

प्रकाशित मिति: सोमबार, ०३ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.