दिवंगत पूर्वसभामुख ढुंगानालाई प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झन्डा

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धाञ्जली अर्पण गरेका छन् । ढुंगानाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

ढुंगानाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि सानोगौचरनमा राखिएको छ ।

श्रद्धाञ्जलीका लागि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, उपप्रधानमन्त्रीहरू, मन्त्री, सांसद, विभिन्न राजनीतिक दलका नेता, आफन्तजन लगायत सहभागी छन् । श्रद्धाञ्जलीपछि उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

ढुंगानाको आइतबार निधन भएको थियो । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । सरकारको उनको मृत्युको शोकमा आज सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति: सोमबार, ०३ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.