दिवंगत पूर्वसभामुख ढुंगानालाई प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झन्डा

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धाञ्जली अर्पण गरेका छन् । ढुंगानाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

ढुंगानाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि सानोगौचरनमा राखिएको छ ।

श्रद्धाञ्जलीका लागि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, उपप्रधानमन्त्रीहरू, मन्त्री, सांसद, विभिन्न राजनीतिक दलका नेता, आफन्तजन लगायत सहभागी छन् । श्रद्धाञ्जलीपछि उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

ढुंगानाको आइतबार निधन भएको थियो । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । सरकारको उनको मृत्युको शोकमा आज सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति: सोमबार, ०३ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.