दयाहाङ राई विराटनगर किङ्सको ब्राण्ड एम्बासडर

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल)को विराटनगर किङ्सले अभिनेता दयाहाङ राईलाई ब्राण्ड एम्बासडर बनाएको छ ।

पत्रकार सम्मेलनमार्फत अभिनेता राईलाई ब्राण्ड एम्बासडरको रूपमा नियुक्त गरेको घोषणा गरेको हो ।

विराटनगर किङ्सका मालिक वैङ्कटेस मुन्द्रा र राईले एक वर्षे सम्झौतापत्रमा हस्ताक्षर गरे । राईले विराटनगरसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे ।

विराटनगर किङ्स टोलीमा सन्दीप लामिछाने, लोकेश बम, प्रतिस जिसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहोरा, सुभाष भण्डारी, नरेन भट्ट, म्रिनाल गुरुङ, अकिब इल्यास, निकोलस कीर्तन, मार्टिन गप्टिल, क्रिस सोल र इस्मत आलम छन् ।

प्रकाशित मिति: आइतबार, ०२ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.