एमाले सांसद अधिकारी काठमाडाैं प्रहरीकाे हिरासतमा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सांसद तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले काठमाडौं पुर्याएको छ । आइतबार विराटनगर स्थित डेराबाट पक्राउ परेका अधिकारीलाई हवाइजहाजमार्फत काठमाडौं पुर्याएको हो ।

त्रिभुवन विमानस्थलबाट उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिएको परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

कोशी प्रदेशका तत्कालिन आन्तरिक मामिलामन्त्री अधिकारीलाई मानव तस्करीको आरोप छ । मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई जापान भ्रमणमा गएका अधिकारीसहित चार जना विमानस्थलबाट फर्काइएका थिए । भ्रमण टोलीमा रहेको भनिएका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मानव तस्करको योजना अनुसार मन्त्री जापान पुगेको भन्दै विरोध भएपछि बुधबार उनले मन्त्रीबाट राजीनामा दिएका थिए ।

शनिबार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो । शुक्रबार अधिकारीले पार्टीमा जिम्मेवारीबाट निलम्बन गर्न निवेदन दिएका थिए ।

अधिकारी त्रिभुवन विमानस्थलबाट एक्लै हिँडेका थिए । उनको दाबी अनुसार हङकङको ट्रान्जिटका बेला भ्रमण दलका सदस्य भन्दै खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ का ३६ वर्षीय दावा शेर्पा, खोटाङकै कोपिलासगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई र रसुवाको कालिका गाउँपालिका– ५ का २२ वर्षीय कञ्चन देवकोटा भ्रमण दलको सदस्य भन्दै आएका थिए ।

टोकियो विमानस्थलमा तीन जनाको कागजात शंकास्पद भेटिएपछि नेपाल फर्काइएका थिए । अधिकारीको भ्रमण दलमा समावेश भएको भनिएका तीन जना मध्ये दुई जनासँग कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र एक जनासँग ऐसेलुखर्क गाउँपालिकाको वडा सदस्यको नक्कली परिचय पत्र फेला परेको थियो ।

तीन जनाको बयानका आधारमा नुवाकोटका २२ वर्षीय जुगल रिजाल, दोलखाका ३० वर्षीय वीरबहादुर सुनुवार र धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाका ३४ वर्षीय महेश पाण्डे पनि पक्राउ परेका छन् ।

प्रकाशित मिति: आइतबार, २५ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.