विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमाले सांसद लिलाबल्लभ अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । उनलाई विराटनगरस्थित निवासबाटै नियन्त्रणमा लिएकाे हाे ।
जिल्ला प्रहरी परिसर काठमाडौंले अनुरोध गरेपछि जिल्ला प्रहरी कार्यालय माेरङले उनलाई नियन्त्रणमा लिएकाे हाे । उनलाई आजै काठमाडाैं लगिदैछ ।
कोशी प्रदेशका डिआईजी चन्द्रकुबेर खापुङले अधिकारीलाई काठमाडौं पठाउन लागिएको बताए । प्रहरीले नै काठमाडाैं लैजाने उनले बताए ।
कोशी प्रदेशका तत्कालिन आन्तरिक मामिलामन्त्री अधिकारीमाथि मानव तस्करीको गम्भीर आरोप छ ।
मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई उनी जापान गएका थिए । काठमाडाैंबाट एक्लै गएका अधिकारीकाे भ्रमण टाेलीमा हङकङबाट तीन जना मिसिएका थिए । तर जापानको अध्यागमनले अधिकारीसहित पाँच जनालाई नेपाल फर्काइदिएको थियो । अधिकारीसँगै जापान गएका तीन जनालाई प्रहरीले पक्राउ गरेकाे थियाे ।
मानव तस्करको योजना अनुसार मन्त्री जापान पुगेको भन्दै विरोध भएपछि उनले बुधबार मन्त्री पदबाट राजीनामा दिएका थिए ।
उनलाई शनिबार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,406)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,218)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)