कोशीका पूर्वमन्त्री अधिकारी प्रहरी नियन्त्रणमा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमाले सांसद लिलाबल्लभ अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । उनलाई विराटनगरस्थित निवासबाटै नियन्त्रणमा लिएकाे हाे ।

जिल्ला प्रहरी परिसर काठमाडौंले  अनुरोध गरेपछि जिल्ला प्रहरी कार्यालय माेरङले  उनलाई नियन्त्रणमा लिएकाे हाे । उनलाई आजै काठमाडाैं लगिदैछ ।

कोशी प्रदेशका डिआईजी चन्द्रकुबेर खापुङले  अधिकारीलाई काठमाडौं पठाउन लागिएको बताए । प्रहरीले नै काठमाडाैं लैजाने उनले बताए ।

कोशी प्रदेशका तत्कालिन आन्तरिक मामिलामन्त्री अधिकारीमाथि मानव तस्करीको गम्भीर आरोप छ ।

मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई उनी जापान गएका थिए । काठमाडाैंबाट एक्लै गएका अधिकारीकाे भ्रमण टाेलीमा हङकङबाट तीन जना मिसिएका थिए । तर जापानको अध्यागमनले अधिकारीसहित पाँच जनालाई नेपाल फर्काइदिएको थियो । अधिकारीसँगै जापान गएका तीन जनालाई प्रहरीले पक्राउ गरेकाे थियाे ।

मानव तस्करको योजना अनुसार मन्त्री जापान पुगेको भन्दै विरोध भएपछि उनले बुधबार मन्त्री पदबाट राजीनामा दिएका थिए ।

उनलाई शनिबार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो ।

प्रकाशित मिति: आइतबार, २५ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.