२५ वर्षयताका विद्यार्थीले प्लस २ काे मौका परीक्षा दिन पाउने

Satya Sanchar सत्य सञ्चार
फाइल फाेटाे ।

काठमाडौं । २५ वर्षयता भर्ना भएर पनि पढाइ पूरा नगरेका कक्षा ११ र १२ का विद्यार्थीले मौका परीक्षण दिन पाउने भएका छन् ।

प्लस–टु पूरा नगरेका २०५६ सालयताका विद्यार्थीले परीक्षा दिन पाउने भएका हुन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार मौका परीक्षामा सहभागी हुन इच्छुकले २०८१ मंसिर २७ गतेसम्ममा सम्बन्धित विद्यालयमार्फत परीक्षा फाराम भर्नुपर्ने छ ।

कुनै विषयमा अनुत्तीर्ण भएका, परीक्षामा अनुपस्थित भएका वा अक्षरांकन पद्दतिमा पुरानो ग्रेडिङ प्रणालीअनुसार डी र ई ग्रेड प्राप्त गरेकाहरुले मौका परीक्षा दिन पाउनेछन् । जतिसुकै विषयमा फेल भए पनि विद्यार्थीले मौका परीक्षा दिन पाउँछन् । प्रयोगात्मक विषय मात्र बाँकी रहेका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने छन् ।

कक्षा १२ कालागि रजिष्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम भएकाले मौका परीक्षाको फारम भर्न पाउँछन् । कक्षा ११ का लागि रजिष्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७६ वा सोभन्दा कम भएकाहरुले अन्तिम एक पटकका लागि मौका परीक्षा दिन पाउने छन् ।

बोर्डका अनुसार यस्ता विद्यार्थीहरुको संख्या करिब १४ लाख रहेको अनुमान छ । आवेदन फारम प्राप्त भइसकेपछि मौका परीक्षाको तालिका सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी छ । पुराना विद्यार्थीहरुको परीक्षा पुरानै पाठ्यक्रम अनुसार हुने बोर्डले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, २५ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.