उपनिर्वाचन : ग्रामथामका लागि ठूला दलले टुङ्गो लगाए उम्मेदवार

Satya Sanchar सत्य सञ्चार
एमाले उम्मेदवार तुलसीराम विश्वास, कांग्रेस उम्मेदवार बलराम सरदार र माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझी ।

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि ठूला तीन दलले उम्मेदवारको टुङ्गो लगाएका छन् । आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन हुँदैछ ।

सत्तारुढ नेकपा (९एमाले)ले तुलसीराम विश्वासलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी पार्टीको ग्रामथान गाउँपालिका उपाध्यक्ष हुन् । एमालेको शनिबार बसेको सचिवालय बैठकले विश्वासलाई अध्यक्षको उम्मेदवार बनाउने टुंगो गरेको हो ।

नेपाली कांग्रेसले गाउँपालिकाको अध्यक्षमा पार्टीका पूर्वमहासमिति सदस्य एवं कांग्रेस मोरङको सल्लाहकार समिति सदस्य बलराम सरदारलाई उम्मेदवार बनाएको छ ।

नेकपा (माओवादी केन्द्र)ले पूर्ववडाध्यक्ष नमोनारायण माझीलाई उम्मेदवार बनाएको छ ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसका जयप्रकाश गच्छदार ग्रामथानको अध्यक्ष निर्वाचिन भएका थिए । उनको गत असार ३ गते निधन भएको थियो । गच्छदारको निधनपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो ।

गत चुनावमा गच्छदारले ७ हजार ६ सय ५ मत पाएका थिए । उनका निकटम प्रतिस्पर्धी एमालेका शिवनारायण माझी थारुले ६ हजार ९३ मत मात्रै ल्याएका थिए ।

प्रकाशित मिति: शनिबार, २४ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.