विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणको अनुसन्धान प्रहरीले सुरु गरेको छ । जिल्ला अदालत मोरङबाट १० जनाको नाममा पक्राउ अनुमति लिएर प्रहरीले अनुसन्धान थालेको हो ।
उमागौरी सहकारीको बचत अपचलन मुद्दाको अनुसन्धानका लागि जिल्ला अदालत मोरङबाट वर्तमान सञ्चालक समिति र सहकारीको लेखा समितिविरुद्ध पक्राउ अनुमति लिएको मोरङ प्रहरीले बताएको छ ।
प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले पनि अनुसन्धान गर्नु भन्दै वर्तमान समितिको मात्रै नाम पठाएको थियो ।
प्रदेश मातहतको सहकारीको नियमन गर्ने प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयमा उमागौरी सहकारीको सञ्चालककाे पुरानो विवरण नै छैन । कार्यालयबाट २०६८ सालको तदर्थ समिति र वर्तमान सञ्चालक समितको मात्रै विवरण छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले १० जना सञ्चालकविरुद्ध पक्राउ अनुमति लिएर सहकारीको ठगी प्रकरणको अनुसन्धान भइरहेको बताए । सहकारी रजिष्ट्रार कार्यालयको पत्रका आधारमा प्रहरीले उजुरी गरेपछि जिल्ला प्रहरी कार्यालयमा भने कसैले सहकारीविरुद्ध उजुरी दिएका छैनन् ।
प्रहरी स्रोतका अनुसार सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि सहकारीका अध्यक्ष धनपालथान–४ घर भइ विराटनगरको शान्ति चोक बस्दै आएका शम्भुप्रसाद रौनियार, सहकारीका उपाध्यक्ष कटहरी गाउँपालिका–२ का लक्ष्मण साह, सचिव धनपालथान–४ का आलम अन्सारी मियाँ, कोषाध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद सिंह र सदस्यहरू जहदा गाउँपालिका–४ का आमोद मण्डल, धनपालथान–४ का रोशन राजवंशी तथा धनपालथान–२ का जितमान ठाकुरविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । लेखा समितिका संयोजक धनपालथानका विजयकुमार यादव, सदस्य सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
यो सहकारीको ठगी प्रकरणमा संघीय संसदको सार्वजनिक लेखा समिति सभापति तथा एमाले नेता ऋषिकेश पोखरेल पनि जोडिएका छन् । उमा गौरीको पूर्व सञ्चालक सांसद पोखरेल पत्नी अञ्जला कोइराला हुन् । उनी कालोसूचीमा छिन । कोइराला सञ्चालक भएको बेला लिएको ऋण नतिरेका कारण आरएसडिसी लघुवित्त वित्तीय संस्थाले कोइरालासहित अन्य सञ्चालकलाई कालो सूचीमा राखेको हो । उनीमाथिको अनुसन्धानका विषयमा प्रशासन मौन छ ।
सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि करिब डेढ वर्षयता सहकारीको कार्यालय बन्द छ ।
सञ्चालकलाई अनुसन्धानमा सहयोग गर्न आग्रह असहयोग गरेको भन्दै प्रहरीले गत १४ कात्तिकमा सहकारीको कार्यालय फोडेर कागजात जफत गरेको थियो ।
प्रहरीले कागजात जफत गरेपछि सहकारीका अध्यक्ष रौनियारले प्रहरीले जबरजस्ती सामग्री जफत गरेको दाबी गरेका छन् । तर प्रहरी प्रवक्ता जोशीले सञ्चालक समितिले असहयोग गरेपछि जनप्रतिनिधिको रोहबरमा ताला फोडेर सामग्री जफत गरेको दाबी गरे ।
उमागौरीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको देखिन्छ । सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १ सय ५६ रुपैयाँ छ । १८ करोड ४० लाख कुल पुँजी देखाइएको सहकारीको वासलात रिपोर्टमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,447)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,376)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,359)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)