उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन भयो छठ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन भएको छ । आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन भएको हो ।

ब्रतालुले नदी तथा खोला किनारबाट हिजो अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । आज उदाउँदो सूर्यलाई अर्घ्य दिएका थिए ।

भक्तजनले बाँसको केनिया र ढाकीमा छठीमातालाई चढाउने उखु, भोगोटे, मुला, सुठुनी, नरिवल, पानीफल सिङ्घाडा, ठकुवा, भुसुवालगायत परिकारले अर्घ्य दिएका हुन् ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूर्याले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको शास्त्रीय मान्यता रहेको र त्यही बेलादेखि छठ मनाउने परम्पराको सुरुआत भएको थियो ।

छठमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाउनुका साथै सन्तानसमेत प्राप्ति हुने जनविश्वास छ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, २३ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.