रंगेलीमा पर्खाल भत्कदा नाबालिकाको मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको रंगेली नगरपालिका–८ निचामारीमा इँटाको पर्खाल ढलेर किच्दा बुधबार साँझ नाबालिकाको मृत्यु भएको छ ।

निचामारीका कसरलाल ताजपुरियाकी २ वर्षीया छोरी शोभा ताजपुरियाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार घरसँगै टाँसेर कूल मन्दिरलाई बार लगाउन बनाइएको पर्खाल ढलेर साँझ ५ः२५ बजेतिर नाबालिकालाई किचेको थियो ।

खेलिरहेको अवस्थामा पर्खाल झरेर किच्दा नाबालिका गम्भीर घाइते भएकी थिइन् । उनलाई बुवा कसरलालले उपचारका लागि रंगेली अस्पताल ल्याएका थिए । अस्पताल ल्याइपुर्याउनसाथ साँझ ५ः४५ बजेतिर चिकित्सकले मृत घोषित गरेको जोशीले बताए ।

शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमै राखिएको छ । इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले घटनास्थल लासजाँच मुचुल्कासहितको कानुनी प्रक्रिया पूरा गरी घटनाको थप अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति: बिहिबार, २२ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.