विराटनगर । मोरङको रंगेली नगरपालिका–८ निचामारीमा इँटाको पर्खाल ढलेर किच्दा बुधबार साँझ नाबालिकाको मृत्यु भएको छ ।
निचामारीका कसरलाल ताजपुरियाकी २ वर्षीया छोरी शोभा ताजपुरियाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार घरसँगै टाँसेर कूल मन्दिरलाई बार लगाउन बनाइएको पर्खाल ढलेर साँझ ५ः२५ बजेतिर नाबालिकालाई किचेको थियो ।
खेलिरहेको अवस्थामा पर्खाल झरेर किच्दा नाबालिका गम्भीर घाइते भएकी थिइन् । उनलाई बुवा कसरलालले उपचारका लागि रंगेली अस्पताल ल्याएका थिए । अस्पताल ल्याइपुर्याउनसाथ साँझ ५ः४५ बजेतिर चिकित्सकले मृत घोषित गरेको जोशीले बताए ।
शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमै राखिएको छ । इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले घटनास्थल लासजाँच मुचुल्कासहितको कानुनी प्रक्रिया पूरा गरी घटनाको थप अनुसन्धान अघि बढाएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,406)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,218)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)