गम्भीर विवादमा परेपछि मन्त्रीबाट अधिकारीको राजीनामा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

एक्लै सहभागी हुने भनेर हिडेको कार्यक्रममा तीन जना नक्कली सहभागी थपिएपछि जापानबाट फर्किएर उनले राजीनामा दिएका हुन् ।  तीन जना नक्कली सहभागीकाे विषय जाेडिएपछि अधिकारी विवादमा तानिएका छन् ।

अधिकारी ११ कात्तिकमा जापानका लागि उडेका थिए । चार दिनपछि उनी नेपाल फर्किएर मन्त्रीको जिम्मेवारीबाट राजीनामा दिए । 

राजीनामा पछिको पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले नैतिकताका आधारमा जिम्मेवारीबाट राजीनामा दिएको बताए । उनले आफूसँग कसैले राजीनामा नमागेको पनि दाबी गरे ।

मन्त्री अधिकारीलाई जापानको टोकियो महानगरपालिकाको कार्यक्रममा सहभागी हुनका लागि निम्तो आएको थियो । अक्टोबर २९ देखि नोबेम्भर ३ सम्म कार्यक्रममा सहभागी हुनका लागि उनकै कार्यकर्ताले चाजोपाजो मिलाएका थिए ।

अधिकारीका अनुसार भिषा २५ अक्टोबरमा लाग्यो । यहाँबाट उनी २७ अक्टोबरमा जापानका लागि उडे, कार्यक्रममा नपुगी लगतै फिर्कए ।

टोकियोको कार्यक्रममा मन्त्रीको हैसियतमा एक्लै जाने र सम्पूर्ण खर्च आयोजकले व्याहोर्ने जानकारी व्यवस्थापकले उनलाई गराएका थिए । तर हङकङ पुगेपछि तीन जना नक्कली सहभागी थपिए । भ्रमण दलको सदस्य भन्दै खोटाङका जनक राई र दावा शेर्पा र रसुवाका कन्चन देवकोटा थपिएका थिए ।

उनीहरुसँग आन्तरिक मामिला तथा कानुन मन्त्रालययको कर्मचारीको परिचय पत्र थियो । एक्लै हिडेको भ्रमण दलमा तीन जना नक्कली कागजातसहित थपिएपछि अधिकारी झस्कीए ।

हङकङ पुगेपछि दलालको समूहले आफूसँगै तीन जनालाई पठाएको अधिकारीले थाहा पाए । नक्कली कागजात बनाएर तीन जनालाई पठाएपछि अधिकारी जापान पुगेपनि कार्यक्रममा नपुगी विमानस्थलबाटै तीनैजनालाई लिएर नेपाल फर्किए ।

‘मन्त्रालयका कर्मचारी त म चिन्छु, तीन जना परिचय गर्न आएपछि म झस्किए, हङकङबाट फर्कन खोजे, तर ट्रान्जिट भएकाले मिलेन, टोकियो पुग्नै पर्याे ।’ अधिकारीले भने,‘ कायक्रममा सहभागी हुन गइन, कार्यक्रममा गएको भए ति व्यक्ती लुक्ने थिए, नेपाल फर्किएर प्रहरीको जिम्मा लगाए ।’

‘सबैकुरा जानकारी भएन, प्रहरीले अनुसन्धान गर्दैछ,’ अधिकारीले भने,‘ घटनाको अनुसन्धानका लागि प्रहरी महानिरिक्षकलाई पनि जानकारी गराएको छु ।’
हङकङमा आफूसँगै तीन जनालाई नक्कली कागजात बनाएर पठाएको थाहा पाएपछि उनले त्यहीँबाट नेपाल प्रहरीको बिशेष ब्यूरोका डिआइजी राजन अधिकारीलाई जानकारी गराएका थिए ।

प्रहरीको विषेश ब्यूरोसँगको समन्वयमा उनले ति व्यक्तीलाई अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाएका हुन् । प्रहरी विशेष व्यूरोले पनि मन्त्री अधिकारीले तीन जनालाई अनुसन्धानका लागि जिम्मा लगाएको बताएको छ । ‘उहाँले (मन्त्री अधिकारी) जानकारी गराएपछि तीन जनालाई नियन्त्रणमा लिएर कारवाहीका लागि पठाएका छौं,’ विशेष व्यूरो स्रोतले भन्यो,‘ म्याद थप गरेर उपत्यहा प्रहरीले अनुसन्धान गर्दैछ ।’

मन्त्रीको भ्रमण विवादमा परेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मार्ग प्रशस्त गर्न निर्देशन दिएको स्रोत बताउँछ । तर मुख्यमन्त्री कार्की यो विषयमा बोल्न चाहेनन् । राजीनामा दिएका मन्त्री अधिकारीले निर्देशन नभइ नैतिक प्रश्न उठेर राजीनामा दिएको बताए ।

‘यस विषयमा थप नजाउ, उहाँले राजीनामा दिनुभयो मैले स्वीकृत गरे,’ मुख्यमन्त्री कार्कीले भने,‘जाने क्रममा उहाँले विधी प्रक्रिया पुरा नगरेको हुनाले मोरल प्रश्न उठ्यो, प्रश्न उठेपछि मसँग सल्लाह गरेर राजीनामा दिनुभयो ।’

 नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी मन्त्री अधिकारीको भ्रमणका विषयमा दलमा अनौपचारिक सामान्य गफ भएको बताउँछन् । प्रश्न उठेपछि दलका नेता(मुख्यमन्त्री) र मन्त्रीले सल्लाहमा राजीनामा आएको उनले बताए ।

प्रकाशित मिति: बुधबार, २१ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.