अमेरिकाको राष्ट्रपतिमा ट्रम्प निवाचित

Satya Sanchar सत्य सञ्चार

एजेन्सी । अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् ।

सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका ट्रम्प २०२० को चुनावमा भने   जो बाइडनसँग पराजित भएका थिए । यसवर्षको चुनावमा कमला ह्यारिसलाई पराजित गरेर दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका हुन् ।

यद्यपि निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न बाँकी छ ।

१० इलेक्टोरल भोट भएको विस्कन्सिन र ३ इलेक्टोरल भोट भएको अलस्कामा रिपब्लिकनको जित पक्का भएको हाे । योसँगै राष्ट्रपतिमा ट्रम्पको इलेक्टोरल भोट २७९ पुगेको छ । राष्ट्रपति निर्वाचित हुनका लागि २७० इलेक्टोरल भोट भए पुग्छ ।

ट्रम्पले भने आफू विजयी भएको घोषणा गरेका छन् । फ्लोरिडामा आयोजित सभालाई सम्बोधन गर्दै उनले आफ्नो जित भएको बताएका हुन् ।

ट्रम्पको जित निश्चित भएपछि विश्व समुदायबाट बधाईको ओइरो आउन थालेको छ । बेलायतका प्रधानमन्त्री किर स्टार्मरले ट्रम्पलाई ऐतिहासिक जितका लागि बधाई दिएका छन् ।

सामाजिक सञ्जाल ‘एक्स’ मार्फत बधाई दिँदै बेलायती प्रधानमन्त्री स्टार्मरले मिलेर काम गर्न इच्छुक रहेको जनाएका छन् । फ्रेन्च राष्ट्रपति इमानुएल माक्रोंले पनि ट्रम्पलाई बधाई दिँदै आगामी दिनमा सहकार्यका लागि उत्सुक रहेको जनाएका छन् ।

इटालीका प्रधानमन्त्री ज्योर्जा मेलोनीले ट्रम्पलाई बधाई दिँदै इटाली र अमेरिकाबिच अटुट गठबन्धन, साझा मूल्य र ऐतिहासिक मित्रता रहेको उल्लेख गरेकी छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्रम्पलाई जितको बधाई दिँदै उनको अघिल्लो कार्यकालजस्तै आपसमा मिलेर सहकार्य गर्न इच्छुक रहेको जनाएका छन् ।

प्रकाशित मिति: बुधबार, २१ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.