पूर्वमन्त्री मनाङे ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर, के हुन्छ सांसद पद ?

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । गण्डकी प्रदेशका सांसद (प्रदेशसभा सदस्य) एवं पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएका छन् । २०६१ सालकाे घटनामा सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले ५ वर्ष कैद गर्ने उच्च अदालत पाटन (तत्कालीन पुनरावेदन अदालत)बाट भएको फैसलालाई सदर गरेको हो ।

अदालतकाे फैसला आएपनि उनी पक्राउ परेका छैनन् ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार उनी पदमुक्त हुने सम्भावना छ । ऐनको दफा १६ मा सांसद पदमुक्त हुने प्रावधान छ ।

उक्त दफाको उपदफा २ अनुसार पदमुक्त भएको जानकारी आयोगले सम्बन्धित व्यक्तिलाई दिनुपर्छ । पदमुक्त भएको सूचना नेपाल राजपत्रमा प्रकाशित गरिनेछ ।

मनाङले अब २८ महिना कैद भुक्तान गर्नुपर्ने बताइएकाे छ । उनले यसअघि एक पटक दुई वर्ष र अर्को पटक आठ महिना गरी ३२ महिनाको कैद भुक्तान गरिसकेका छन् ।

प्रकाशित मिति: मङ्गलबार, २० कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.