पूर्वमन्त्री मनाङे ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर, के हुन्छ सांसद पद ?

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । गण्डकी प्रदेशका सांसद (प्रदेशसभा सदस्य) एवं पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएका छन् । २०६१ सालकाे घटनामा सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले ५ वर्ष कैद गर्ने उच्च अदालत पाटन (तत्कालीन पुनरावेदन अदालत)बाट भएको फैसलालाई सदर गरेको हो ।

अदालतकाे फैसला आएपनि उनी पक्राउ परेका छैनन् ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार उनी पदमुक्त हुने सम्भावना छ । ऐनको दफा १६ मा सांसद पदमुक्त हुने प्रावधान छ ।

उक्त दफाको उपदफा २ अनुसार पदमुक्त भएको जानकारी आयोगले सम्बन्धित व्यक्तिलाई दिनुपर्छ । पदमुक्त भएको सूचना नेपाल राजपत्रमा प्रकाशित गरिनेछ ।

मनाङले अब २८ महिना कैद भुक्तान गर्नुपर्ने बताइएकाे छ । उनले यसअघि एक पटक दुई वर्ष र अर्को पटक आठ महिना गरी ३२ महिनाको कैद भुक्तान गरिसकेका छन् ।

प्रकाशित मिति: मङ्गलबार, २० कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.