विराटनगर । नेपालको पहिलो आमनिर्वाचनमा प्रचारप्रसार सामग्री छाप्नका लागि विराटनगर ल्याइएको प्रेस (मुद्रण यन्त्र) अब त्रिभुवन विश्वविद्यालय (त्रिवि) पत्रकारिता तथा आमसञ्चार विभाग कीर्तिपुरमा राखिने भएको छ ।
विक्रम संवत २०१५ सालको पहिलो आमनिर्वाचनको प्रसार प्रसारका लागि प्रयोग भएको उक्त प्रेस विराटनगर महानगरपालिका –२ का पूर्वमन्त्री स्व.राधाप्रसाद घिमिरेको परिवारले हस्तान्त्रण गरेपछि विश्वविद्यालयले विद्यार्थीलाई अवलोकनका लागि राख्ने भएको हो ।
सन् १८८३ मा लण्डनमा बनेको यो प्रेस तत्कालीन कम्युनिष्ट नेता घिमिरेले २०१४ सालमा विराटनगर ल्याएका थिए । भारतको कोलकाताबाट प्रेस ल्याएर घिमिरेले विराटनगरको रंगेली रोडमा पायोनियर प्रिन्टिङ्ग प्रेसमा राखेका थिए ।
घिमिरेले त्यसअघिदेखि नै पायोनियर प्रिन्टिङ प्रेस सञ्चालन गरिरहेका थिए । यो प्रेसबाट पूर्वको पहिलो पत्रिका ‘हुरी साप्ताहिक’ छापिएको थियो ।
२०१२ सालमा छापिएको हुरी साप्ताहिक ३२ अंक प्रकाशित भएको इतिहास छ । तत्कालीन सरकारले १ हजार रूपैयाँ जरिवाना गरेपछि हुरी साप्ताहिक बन्द भएको थियो । हुरी कै सम्पादक तथा प्रकाश हदराज बोहराले हुरी बन्द भएपछि आँधी साप्ताहिक प्रकाशन गरेका थिए ।
पत्रकारिता र प्रिन्टिङको इतिहास बोकेको मुद्रणयन्त्र पूर्वमन्त्री स्व. घिमिरेकी कान्छी बुहारी दुर्गा घिमिरेले मंगलबार त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख कुन्दन अर्याललाई हस्तान्तरण गरिन् ।
लामो समयसम्म प्रयोग भएको यो प्रेस नयाँ प्रविधि आएपछि प्रयोगमा थिएन । नेपाली पत्रकारिताको इतिहास बुझाउनका लागि उपयोगी हुने भन्दै घिमिरे परिवारले प्रेस विश्वविद्यालयलाई हस्तान्त्रण गरेको हो । अवलोकन र अध्ययनका लागि १ सय ४१ वर्ष पुरानो यो प्रेस विश्वविद्यालयको पत्रकारिता तथा आम सञ्चार विभागमा रहने पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष महेन्द्र विष्टले बताए ।
कम्युनिष्ट नेता घिमिरे २०३० सालमा नगेन्द्रप्रसाद रिजाल नेतृत्वको मन्त्रिपरिषद् गठन हुँदा शिक्षा तथा सञ्चार राज्यमन्त्री बनेका थिए । २०७८ जेठ ९ गते उनको कोरोना संक्रमणबाट निधन भएको थियो । उनी नेपाल कम्युनिष्ट पार्टीको संस्थापक सदस्य हुन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,445)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,375)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,359)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)