पायोनियर प्रिन्टिङ्ग प्रेसकाे १४१ वर्ष पुरानाे पेस अब त्रिविमा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपालको पहिलो आमनिर्वाचनमा प्रचारप्रसार सामग्री छाप्नका लागि विराटनगर ल्याइएको प्रेस (मुद्रण यन्त्र) अब त्रिभुवन विश्वविद्यालय (त्रिवि) पत्रकारिता तथा आमसञ्चार विभाग कीर्तिपुरमा राखिने भएको छ ।

विक्रम संवत २०१५ सालको पहिलो आमनिर्वाचनको प्रसार प्रसारका लागि प्रयोग भएको उक्त प्रेस विराटनगर महानगरपालिका –२ का पूर्वमन्त्री स्व.राधाप्रसाद घिमिरेको परिवारले हस्तान्त्रण गरेपछि विश्वविद्यालयले विद्यार्थीलाई अवलोकनका लागि राख्ने भएको हो ।

सन् १८८३ मा लण्डनमा बनेको यो प्रेस तत्कालीन कम्युनिष्ट नेता घिमिरेले २०१४ सालमा विराटनगर ल्याएका थिए । भारतको कोलकाताबाट प्रेस ल्याएर घिमिरेले विराटनगरको रंगेली रोडमा पायोनियर प्रिन्टिङ्ग प्रेसमा राखेका थिए ।

घिमिरेले त्यसअघिदेखि नै पायोनियर प्रिन्टिङ प्रेस सञ्चालन गरिरहेका थिए । यो प्रेसबाट पूर्वको पहिलो पत्रिका ‘हुरी साप्ताहिक’ छापिएको थियो ।

२०१२ सालमा छापिएको हुरी साप्ताहिक ३२ अंक प्रकाशित भएको इतिहास छ । तत्कालीन सरकारले १ हजार रूपैयाँ जरिवाना गरेपछि हुरी साप्ताहिक बन्द भएको थियो । हुरी कै सम्पादक तथा प्रकाश हदराज बोहराले हुरी बन्द भएपछि आँधी साप्ताहिक प्रकाशन गरेका थिए ।

पत्रकारिता र प्रिन्टिङको इतिहास बोकेको मुद्रणयन्त्र पूर्वमन्त्री स्व. घिमिरेकी कान्छी बुहारी दुर्गा घिमिरेले मंगलबार त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख कुन्दन अर्याललाई हस्तान्तरण गरिन् ।

लामो समयसम्म प्रयोग भएको यो प्रेस नयाँ प्रविधि आएपछि प्रयोगमा थिएन । नेपाली पत्रकारिताको इतिहास बुझाउनका लागि उपयोगी हुने भन्दै घिमिरे परिवारले प्रेस विश्वविद्यालयलाई हस्तान्त्रण गरेको हो । अवलोकन र अध्ययनका लागि १ सय ४१ वर्ष पुरानो यो प्रेस विश्वविद्यालयको पत्रकारिता तथा आम सञ्चार विभागमा रहने पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष महेन्द्र विष्टले बताए ।

कम्युनिष्ट नेता घिमिरे २०३० सालमा नगेन्द्रप्रसाद रिजाल नेतृत्वको मन्त्रिपरिषद् गठन हुँदा शिक्षा तथा सञ्चार राज्यमन्त्री बनेका थिए । २०७८ जेठ ९ गते उनको कोरोना संक्रमणबाट निधन भएको थियो । उनी नेपाल कम्युनिष्ट पार्टीको संस्थापक सदस्य हुन् ।

प्रकाशित मिति: मङ्गलबार, २० कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.