छठ मनाउन कोशी प्रदेशमा दुई दिन बिदा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सूर्यदेवको उपासना गर्दै चार दिनसम्म मनाइने छठ पर्व सुरु भएको छ । आजबाट सुरु भएकाे छठ शुक्रबार उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व समापन हुनेछ ।

पहिलो दिन मंगलबार नहाय खाय मनाइँदैछ । बुधबार खरना पर्व मनाइन्छ । तेस्रो दिन बिहीबार छठको मुख्य दिन हो ।

तेस्रो दिन बिहीबार अस्ताउँदो सूर्यलाई जलाशय किनारबाट अर्घ्य दिने परम्परा छ । अन्तिम दिन शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको विधिवत् समापन हुन्छ । तराई मधेशमा छठ पर्वको तयारीले भइरहेको छ । छठको पूजाका लागि बजारमा किनमेलका लागि घुइँचो लागेको छ । नदी, पोखरी तथा जलाशयलाई पनि सजाइएको छ ।

छठ पर्व मनाउनका लागि संघिय सरकारले पर्वको मुख्य दिन बिहीबार सार्वजनिक बिदा दिएको छ ।

कोशी प्रदेश सरकारले भने थप एक दिन बिदा थप गरेको छ ।  कोशी प्रदेश सरकारले प्रदेशका १४ जिल्लामा छठकाे समापनमा शुक्रबार सार्वजनिक बिदा दिएको हो ।

प्रदेशले गत चैत ९ गते नै प्रदेशको आन्तरिक बिदा सम्बन्धि सूचना निकालेको थियो । जसमा छठ पर्वमा उदाउँदो सूर्यलाई अर्घ्य दिएको दिन कात्तिक २३ गते प्रदेशमा सार्वजनिक बिदा दिइएको छ ।

प्रदेश सरकारले २५ गते आइतबार पनि सार्बजनिक बिदा दिएको छ । राष्ट्रिय विभूति फाल्गुनन्दकाे जयन्तीको अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिएको हो ।

प्रकाशित मिति: मङ्गलबार, २० कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.