विराटनगर । सूर्यदेवको उपासना गर्दै चार दिनसम्म मनाइने छठ पर्व सुरु भएको छ । आजबाट सुरु भएकाे छठ शुक्रबार उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व समापन हुनेछ ।
पहिलो दिन मंगलबार नहाय खाय मनाइँदैछ । बुधबार खरना पर्व मनाइन्छ । तेस्रो दिन बिहीबार छठको मुख्य दिन हो ।
तेस्रो दिन बिहीबार अस्ताउँदो सूर्यलाई जलाशय किनारबाट अर्घ्य दिने परम्परा छ । अन्तिम दिन शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको विधिवत् समापन हुन्छ । तराई मधेशमा छठ पर्वको तयारीले भइरहेको छ । छठको पूजाका लागि बजारमा किनमेलका लागि घुइँचो लागेको छ । नदी, पोखरी तथा जलाशयलाई पनि सजाइएको छ ।
छठ पर्व मनाउनका लागि संघिय सरकारले पर्वको मुख्य दिन बिहीबार सार्वजनिक बिदा दिएको छ ।
कोशी प्रदेश सरकारले भने थप एक दिन बिदा थप गरेको छ । कोशी प्रदेश सरकारले प्रदेशका १४ जिल्लामा छठकाे समापनमा शुक्रबार सार्वजनिक बिदा दिएको हो ।
प्रदेशले गत चैत ९ गते नै प्रदेशको आन्तरिक बिदा सम्बन्धि सूचना निकालेको थियो । जसमा छठ पर्वमा उदाउँदो सूर्यलाई अर्घ्य दिएको दिन कात्तिक २३ गते प्रदेशमा सार्वजनिक बिदा दिइएको छ ।
प्रदेश सरकारले २५ गते आइतबार पनि सार्बजनिक बिदा दिएको छ । राष्ट्रिय विभूति फाल्गुनन्दकाे जयन्तीको अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिएको हो ।

सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,447)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,376)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,359)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)