सवारी दुर्घटना : दसैं तिहारकाे अवधिमा काेशी प्रदेशमा ३७ जनाकाे मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रहरीका अनुसार दसैं तिहारकाे एक महिनाकाे अवधिमा सवारी दुर्घटनामा परी कोशी प्रदेशमा ३७ जनाको मृत्यु भएको छ ।

१७ असोज घटस्थापनादेखि १९ कात्तिकसम्म भएका सवारी दुर्घटनामा ३७ जनाको मृत्यु भएको हाे ।

प्रहरीका अनुसार दशैंको घटस्थापनादेखि तिहारको भाइटीकासम्म कोशी प्रदेशमा ५८२ वटा दुर्घटना भएका छन् । उक्त अवधिमा एक बालकसहित २९ पुरुष, २ बालिका र ८ महिलाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ । सोमबार एकै दिन २८ स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार कोशी प्रदेशको १४ जिल्लामध्ये झापामा १३, मोरङमा ८, सुनसरीमा ७, उदयपुर, संखुवासभा र खोटाङमा २(२, धनकुटा, ताप्लेजुङ र सोलुखुम्बुमा एकरएकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी ९६१ जना घाइते भएका छन् ।

प्रहरीको तथ्याङक अनुसार मोरङमा सबैभन्दा धेरै २१६ वटा दुर्घटना भएका छन् । झापामा १६५, सुनसरीमा १४६, उदयपुरमा २८, धनकुटामा १८, तेह्रथुममा ६, भोजपुर र ओखलढुंगामा ५–५, खोटाङमा ४, संखुवासभा, पाँचथर र सोलुखुम्बुमा ३र३, इलाम र ताप्लेजुङमा एक–एकवटा दुर्घटना भएका हुन् ।

प्रहरीका अनुसार सबैभन्दा धेरै ५१३ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् ।

प्रकाशित मिति: मङ्गलबार, २० कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.