सुरु भयाे छठ पर्व

Satya Sanchar सत्य सञ्चार

विराटनगर । तिहार लगतै सूर्यदेवको उपासना गर्दै चार दिनसम्म श्रद्धापूवर्क मनाइने छठ पर्व आजदेखि विधिवत सुरु भएको छ ।

पहिलो दिन आज (मंगलबार) नहाय खाय मनाइँदै छ । आजको दिन ब्रतालुले स्नान गरी अरबा–अरबाइन भोजन ग्रहण गर्ने गर्छन् ।

पारिवारिक सुख–समृद्धि एवं सन्तानको कल्याणका लागि मनाइने यस पर्वको दोस्रो दिन बुधबार खरना परेको छ । बुधबार साँझ ब्रतालुले चामल, सक्खर र दूधबाट तयार गरिएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना विधि पूरा गर्नेछन् ।

तेस्रो दिन बिहीबार छठको मुख्य दिन हो । यो दिन दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्रीसहित जलासय किनारमा अर्घ्य दिने परम्परा छ ।

अन्तिम दिन शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको विधिवत समापन हुनेछ । यस दिनलाई पारन भन्ने गरिन्छ ।

छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हात्तीलगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा, तरकारी एवं विविध प्रकारको मिठाई तथा फलफुल आदि देव सूर्यलाई अर्घ्यको रुपमा चढाउने गरिन्छ ।

छठ पर्वमा विशेष गरी अर्घ्य दिन ब्रतालुले ४८ घण्टा अन्न र पानी त्यागेर व्रत बस्ने परम्परा छ । यसकारण छठ पर्वलाई निष्ठाको कठोर साधना मानिन्छ ।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन चढाइएको सामग्री प्रसादको रूपमा ग्रहण तथा वितरण गर्ने चलन छ । त्यस कारण यस पर्वलाई यसले सामाजिक सद्भाव र एकताको प्रतीक मानिन्छ ।

तराई–मधेशमा छठ पर्वको तयारीले अहिले पूरै क्षेत्र उत्सवमय बनेको छ । पूजा सामग्री किनमेलका लागि बजारमा घुइँचो लागेको छ भने नदी, पोखरी तथा जलाशयका घाटहरूलाई विशेष रूपमा सजाउने काम भइरहेको छ ।

जनकपुरको गंगासागर, धनुसागर, अंगराजसर, दशरथ ताल लगायतका ऐतिहासिक जलाशय किनारहरूलाई नवदुलही झैं सजाउने काम जारी छ ।

पछिल्लो समय पहाडी क्षेत्रका बासिन्दाहरूले पनि छठ पर्व मनाउन थालेका छन् ।

प्रकाशित मिति: मङ्गलबार, २० कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.