नेपाल र स्कटल्यान्डबीचको खेल रद्द, दुवै टाेलीलाई १–१ अंक

Satya Sanchar सत्य सञ्चार

विराटनगर । आईसीसी विश्वकप क्रिकेट लिग २ को अमेरिकामा जारी त्रिदेशीय सिरिजमा नेपाल र स्कटल्यान्डबीचको खेल रद्द भएको छ । खेल रद्द हुँदा दुई टोलीले अङ्क बाँडेका छन् ।

सोमबार भएको खेलमा नेपालले ६ ओभरमा २६ रन बनाएर १ विकेट गुमाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । वर्षा नरोकिएपछि खेल रद्द भएको थियो ।

नेपालले त्रिदेशीय शृङ्खलामा १ जित र १ खेल रद्द हुँदा नेपालले ३ अङ्क जोडेको छ ।

पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई पराजित गरेको थियो । तेस्रो खेलमा भने अमेरिकासँग पराजित भएको थियो ।

लिग २ काे अङ्क तालिकामा नेपाल १२ खेलमा ६ अङ्कसहित सातौँ स्थानमा छ ।

तालिकामा अमेरिका १२ खेलमा १६ अङ्कसहित पहिलो तथा क्यानडा १२ खेलमा १२ अङ्कका साथ दोस्रो स्थानमा छन् ।

स्कटल्यान्डको ११ खेलमा १४ तथा नेदरल्यान्ड्सको ९ खेलमा १२ अङ्क छ । नामिबियाको १२ खेलमा १० अङ्क छ । ओमानको ९ खेलको ८ अङ्क छ । पुछारमा रहेको संयुक्त अरब इमिरेट्सको ९ खेलमा ४ अङ्क छ ।

प्रकाशित मिति: मङ्गलबार, २० कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.