विराटनगर । आईसीसी विश्वकप क्रिकेट लिग २ को अमेरिकामा जारी त्रिदेशीय सिरिजमा नेपाल र स्कटल्यान्डबीचको खेल रद्द भएको छ । खेल रद्द हुँदा दुई टोलीले अङ्क बाँडेका छन् ।
सोमबार भएको खेलमा नेपालले ६ ओभरमा २६ रन बनाएर १ विकेट गुमाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । वर्षा नरोकिएपछि खेल रद्द भएको थियो ।
नेपालले त्रिदेशीय शृङ्खलामा १ जित र १ खेल रद्द हुँदा नेपालले ३ अङ्क जोडेको छ ।
पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई पराजित गरेको थियो । तेस्रो खेलमा भने अमेरिकासँग पराजित भएको थियो ।
लिग २ काे अङ्क तालिकामा नेपाल १२ खेलमा ६ अङ्कसहित सातौँ स्थानमा छ ।
तालिकामा अमेरिका १२ खेलमा १६ अङ्कसहित पहिलो तथा क्यानडा १२ खेलमा १२ अङ्कका साथ दोस्रो स्थानमा छन् ।
स्कटल्यान्डको ११ खेलमा १४ तथा नेदरल्यान्ड्सको ९ खेलमा १२ अङ्क छ । नामिबियाको १२ खेलमा १० अङ्क छ । ओमानको ९ खेलको ८ अङ्क छ । पुछारमा रहेको संयुक्त अरब इमिरेट्सको ९ खेलमा ४ अङ्क छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,449)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,378)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,363)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,229)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,165)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,123)