स्पेनका राजामाथि दुर्व्यवहार

Satya Sanchar सत्य सञ्चार

एजेन्सी । स्पेनका राजा फिलिप छैटौंमाथि बाढीग्रस्त भ्यालेन्सिया क्षेत्रका बाढी पीडित नागरिकले दुर्व्यवहार गरेका छन् ।

बीबीसीका अनुसार बाढीबाट नराम्ररी प्रभावित उक्त क्षेत्रको भ्रमणमा पुगेका राजा फिलिपलाई रुष्ट भिडले‘हत्यारा’ र ‘लाच पचाएको’ भन्दै माटो फ्याँकेका दुर्व्यवहार गरेका हुन् । बाढी प्रभावित क्षेत्रमा आउन राजाले ढिला गरेको उनीहरुले बताएका छन् ।

क्रोधित बाढी पीडितहरूले राजा फिलिपलाई यस्तो त्रासदी रोक्न केही गरेका थियौ कि थिएनौ भनेर प्रश्न गरेका छन् ।

स्पेनमा सोमबार आएको बाढीमा परी दुई सयभन्दा बढीको ज्यान गएको छ भने १३०० जना बेपत्ता भएको आशंका छ ।

आपतकालीन सेवाका कर्मचारीहरूले कार पार्किङ र सुरुङमा फसेका मानिस र शवहरूको खोजी गर्न निरन्तर काम गरिरहेका छन् । स्पेनका नेताहरूले बाढी प्रभावित क्षेत्र भ्रमण गर्ने राजाको निर्णय गलत रहेको टिप्पणी गरेका छन् ।

भ्यालेन्सियाका संसद सदस्य जुआन बोर्डेराले राजा फिलिपको बाढी प्रभावित भ्यालेन्सियाको भ्रमण ‘धेरै नराम्रो निर्णय’ भएको बताएका हुन् ।

‘जनता आक्रोशित हुनु स्वाभाविक हो, उनको भ्रमण किन महत्वपूर्ण छ भन्ने कुरा जनताले नबुझ्नु पनि अस्वभाविक होइन,’ उनले भने ।

भ्यालेन्सियाको प्रान्तीय सरकारले पनि भारी वर्षा र बाढीपछिको अवस्थालाई लिएर गम्भीर आलोचनाको सामना गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, १९ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.