विराटनगरकाे संगम पार्टी प्यालेसबाट १० लाखसहित १० पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरको संगम पार्टी प्यालेसबाट प्रहरीले १० लाख नगदसहित १० जनालाई पक्राउ गरेको छ ।

शुक्रबार राति विराटनगर महानगरपालिका– ११ मा रहेको संगम पार्टी प्यालेसमा तास लेखिरहेकाे अवस्थामा प्रहरीले १० लाख ६ हजार नगदसहित १० जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने सबै विराटनगरका व्यापारीहरु हुन् ।

विशेष सूचनाका आधारमा पुगेको प्रहरीले शुक्रबार राति १० लाख ६ हजार ९९५ रुपैयाँ नगद र पाँच सेट ताससहित उनीहरुलाई पक्राउ गरेको माेरङ प्रहरीले बताएकाे छ । पक्राउ पर्नेमा पार्टी प्यालेसका सञ्चालक पनि छन् ।

यी हुन् पक्राउ परेकाहरू

१, विराटनगर महानगरपालिका– ११ का ६१ वर्षीय राजन कडेल ।

२, विराटनगर – १२ का वर्ष ४१ को टुनटुन शर्मा ।

३, विराटनगर – ११ का वर्ष ५७ को पशुपति भगत ।

४, विराटनगर – १२ का वर्ष ४७ को सुरेन्द्र ठाकुर ।

५, विराटनगर ११ का वर्ष ५० को विरेन्द्र साह ।

६, विराटनगर – ३ का वर्ष ५५ को ध्रुव सिग्देल ।

७, विराटनगर– ५ का वर्ष ५५ को मनिराज प्रसाई ।

८, विराटनगर – १२ का वर्ष ५० को बाबुराम कटेल ।

९, विराटनगर– १२ का वर्ष ४६ को लिला सहनी ।

१०, विराटनगर – ११ का वर्ष ५९ पदम श्रेष्ठ (पाटी प्यालेस संचालक)

प्रकाशित मिति: शनिबार, १७ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.