लेबनानमा इजरायलको हमलामा परी थप १९ जनाको मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । लेबनानको पूर्वी सहर बालबेकमा इजरायलले आक्रमण गर्दा ८ महिलासहित १९ जनाको मृत्यु भएको छ ।

इजरायली सेनाले बालबेक र आसपासका दुई सहरमा बम हमला गरेको थियो । जसमा परी १९ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्दत गर्दै १९ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । इजरायलले आक्रमण गर्ने भनेपछि सो स्थानका ५० हजार भन्दा बढी मानिसले सहर छाडेर भागेका थिए ।

इजरायली सेनाले दक्षिणी लेबनानमा रहेको बालबेक र नाबातिएहमा रहेको हिजबुल्लाह कमाण्ड र कन्ट्रोल केन्द्र र पूर्वाधारमा आक्रमण गरेको बताएको छ।

सेनाले बालबेक रहेको बेका उपत्यकामा रहेको हिज्बुल्लाह इन्धन डिपोलाई पनि निशाना बनाएको दाबी गरेको छ ।

हिजबुल्लाहका नयाँ महासचिवले आफ्नो नेतृत्वमा समूहले इजरायल विरुद्धको युद्ध जारी राख्ने बताएपछि इजरायलले आक्रमण गरेको बताएको छ ।

महासचिव नियुक्तिपछि नइम कासिमले इजरायली हवाई हमलामा मारिएका आफ्ना पूर्ववर्ती महासचिव हसन नसरल्लाहको एजेन्डा अनुसरण गर्ने बताएका थिए ।

बालबेक सिरियाको सिमानामा रहेको बेका उपत्यकाको प्रमुख जनसंख्या केन्द्र हो ।यो स्थानबाट हिजबुल्लाहले लडाकुहरू भर्ती गर्ने गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, १६ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.