लेबनानमा इजरायलको हमलामा परी थप १९ जनाको मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । लेबनानको पूर्वी सहर बालबेकमा इजरायलले आक्रमण गर्दा ८ महिलासहित १९ जनाको मृत्यु भएको छ ।

इजरायली सेनाले बालबेक र आसपासका दुई सहरमा बम हमला गरेको थियो । जसमा परी १९ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्दत गर्दै १९ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । इजरायलले आक्रमण गर्ने भनेपछि सो स्थानका ५० हजार भन्दा बढी मानिसले सहर छाडेर भागेका थिए ।

इजरायली सेनाले दक्षिणी लेबनानमा रहेको बालबेक र नाबातिएहमा रहेको हिजबुल्लाह कमाण्ड र कन्ट्रोल केन्द्र र पूर्वाधारमा आक्रमण गरेको बताएको छ।

सेनाले बालबेक रहेको बेका उपत्यकामा रहेको हिज्बुल्लाह इन्धन डिपोलाई पनि निशाना बनाएको दाबी गरेको छ ।

हिजबुल्लाहका नयाँ महासचिवले आफ्नो नेतृत्वमा समूहले इजरायल विरुद्धको युद्ध जारी राख्ने बताएपछि इजरायलले आक्रमण गरेको बताएको छ ।

महासचिव नियुक्तिपछि नइम कासिमले इजरायली हवाई हमलामा मारिएका आफ्ना पूर्ववर्ती महासचिव हसन नसरल्लाहको एजेन्डा अनुसरण गर्ने बताएका थिए ।

बालबेक सिरियाको सिमानामा रहेको बेका उपत्यकाको प्रमुख जनसंख्या केन्द्र हो ।यो स्थानबाट हिजबुल्लाहले लडाकुहरू भर्ती गर्ने गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, १६ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.