चाेरीका गहनासहित एक जना पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–२ टंकीसिनवारीबाट चोरी गरिएका सुनका गहना र नगदसहित एक जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

बूढीगंगा–२ का ३१ वर्षीय किशोर खड्कालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार बूढीगंगा–२ का निर्मल बस्नेतको घरबाट बिहीबार राति सुनका गहना र नगद चोरी भएको थियो ।

घरका सबै सुतिरहेका बेला कोठाको दराजभित्र राखिएका डेढ तोलाको सुनको सिक्री, कानमा लगाउने आठ आनाको रिङ, एक तोलाको सुनको औंठी एक जोडी, चार आनाको सुनको पेन्डल र ३० हजार रूपैयाँ नगद चोरी भएको प्रहरीले जनाएको छ ।

कोठाभित्रबाट चोरीमा संलग्नले प्रयोग गरेको मोबाइल फेला परेको डीएसपी जोशीले बताए । ‘सुनका गहना र नगद चाेरी गरेपछि आफ्नो मोबाइल भने त्यही कोठामा छाडेर हिँडेको पाइयो,’ उनले भने, ‘उक्त मोबाइलकै आधारमा चोरीमा संलग्नलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।’

चोरी भएका सुनका गहना र नगद २४ हजार २ सय रूपैयाँ खड्काको घरबाट बरामद भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, १६ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.