चाेरीका गहनासहित एक जना पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–२ टंकीसिनवारीबाट चोरी गरिएका सुनका गहना र नगदसहित एक जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

बूढीगंगा–२ का ३१ वर्षीय किशोर खड्कालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार बूढीगंगा–२ का निर्मल बस्नेतको घरबाट बिहीबार राति सुनका गहना र नगद चोरी भएको थियो ।

घरका सबै सुतिरहेका बेला कोठाको दराजभित्र राखिएका डेढ तोलाको सुनको सिक्री, कानमा लगाउने आठ आनाको रिङ, एक तोलाको सुनको औंठी एक जोडी, चार आनाको सुनको पेन्डल र ३० हजार रूपैयाँ नगद चोरी भएको प्रहरीले जनाएको छ ।

कोठाभित्रबाट चोरीमा संलग्नले प्रयोग गरेको मोबाइल फेला परेको डीएसपी जोशीले बताए । ‘सुनका गहना र नगद चाेरी गरेपछि आफ्नो मोबाइल भने त्यही कोठामा छाडेर हिँडेको पाइयो,’ उनले भने, ‘उक्त मोबाइलकै आधारमा चोरीमा संलग्नलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।’

चोरी भएका सुनका गहना र नगद २४ हजार २ सय रूपैयाँ खड्काको घरबाट बरामद भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, १६ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.