राजमार्गमा पटके कर असुली राेक्न गृहकाे पत्र

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र पठाउँदै राष्ट्रिय राजमार्गमा स्थानीय तहले उठाउँदै आएकाे ‘पटके कर’ रोक्न निर्देशन दिएको छ । स्थानीय तहहरुले राजमार्गमा ढाँट राखेर कर असुल गरिररहेका छन् ।

साेमबार गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै राष्ट्रिय राजमार्ग तथा सहायक राजमार्गहरूमा करहरू उठाउन रोक्न निर्देशन दिएको हो ।

मन्त्रिपरिषद्को २०७५ मङ्सिर १७ गतेको बैठकले सङ्घ मातहत भएका कुनै पनि राजमार्गमा प्रदेश तथा स्थानीय तहले कुनै पनि प्रकारको कर उठाउन नपाउने निर्णय गरेको थियो । तर, विभिन्न स्थानमा ढाँट राख्दै पटके कर असुली गर्दै आएका छन् । यातायात व्यवसायीले यही कात्तिक ५ गते यसलाई रोक्न आग्रह गरेका थिए । व्यवसायीकाे गुनासाे पछि गृहले  ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको हो ।

प्रकाशित मिति: बुधबार, १४ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.