राजमार्गमा पटके कर असुली राेक्न गृहकाे पत्र

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र पठाउँदै राष्ट्रिय राजमार्गमा स्थानीय तहले उठाउँदै आएकाे ‘पटके कर’ रोक्न निर्देशन दिएको छ । स्थानीय तहहरुले राजमार्गमा ढाँट राखेर कर असुल गरिररहेका छन् ।

साेमबार गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै राष्ट्रिय राजमार्ग तथा सहायक राजमार्गहरूमा करहरू उठाउन रोक्न निर्देशन दिएको हो ।

मन्त्रिपरिषद्को २०७५ मङ्सिर १७ गतेको बैठकले सङ्घ मातहत भएका कुनै पनि राजमार्गमा प्रदेश तथा स्थानीय तहले कुनै पनि प्रकारको कर उठाउन नपाउने निर्णय गरेको थियो । तर, विभिन्न स्थानमा ढाँट राख्दै पटके कर असुली गर्दै आएका छन् । यातायात व्यवसायीले यही कात्तिक ५ गते यसलाई रोक्न आग्रह गरेका थिए । व्यवसायीकाे गुनासाे पछि गृहले  ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको हो ।

प्रकाशित मिति: बुधबार, १४ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.