विश्वकप लिग २ : स्कटल्याण्डमाथि नेपालको जित

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विश्वकप लिग–२ अन्तरगत अमेरिकामा जारी सिरिजमा नेपाली क्रिकेट टोलीले स्कटल्याण्डलाई पराजित गरेको छ ।

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको हो ।

मङ्गलबार राति टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्याण्ड ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटिएको थियो ।

स्कटल्याण्डलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले ३ विकेट लिए । करन केसी, सोमपाल कामी, गुल्सन झाले २–२ विकेट लिए । स्कटल्याण्डका लगि मार्क वाटले ३४ रन बनाए,अन्य ब्याटरले उल्लेखनीय रन बनाउन सकेनन् ।

स्कटल्याण्डले दिएको लक्ष्य नेपालले २९‍.५ ओभरमा पूरा गर्यो । नेपालको जितमा आरिफ शेखले ५१ रन जोडे । साथै कुशल भुर्तेल र गुल्शन झाले २५–२५ रन बनाए भने आसिफ शेखले २१ रन बनाए ।

स्कटल्याण्डका लागि ब्राण्डम म्याकुलमले २ विकेट लिए । साथै ब्राड कुरी, मार्क वाट र ज्याक जार्विसले समान १–१ विकेट लिए । नेपाल पहिलो खेलमा अमेरिकासँग पराजित भएको थियाे । स्कटल्याण्डले पहिलो खेलमै अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति: बुधबार, १४ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.