विश्वकप लिग २ : स्कटल्याण्डमाथि नेपालको जित

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विश्वकप लिग–२ अन्तरगत अमेरिकामा जारी सिरिजमा नेपाली क्रिकेट टोलीले स्कटल्याण्डलाई पराजित गरेको छ ।

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको हो ।

मङ्गलबार राति टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्याण्ड ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटिएको थियो ।

स्कटल्याण्डलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले ३ विकेट लिए । करन केसी, सोमपाल कामी, गुल्सन झाले २–२ विकेट लिए । स्कटल्याण्डका लगि मार्क वाटले ३४ रन बनाए,अन्य ब्याटरले उल्लेखनीय रन बनाउन सकेनन् ।

स्कटल्याण्डले दिएको लक्ष्य नेपालले २९‍.५ ओभरमा पूरा गर्यो । नेपालको जितमा आरिफ शेखले ५१ रन जोडे । साथै कुशल भुर्तेल र गुल्शन झाले २५–२५ रन बनाए भने आसिफ शेखले २१ रन बनाए ।

स्कटल्याण्डका लागि ब्राण्डम म्याकुलमले २ विकेट लिए । साथै ब्राड कुरी, मार्क वाट र ज्याक जार्विसले समान १–१ विकेट लिए । नेपाल पहिलो खेलमा अमेरिकासँग पराजित भएको थियाे । स्कटल्याण्डले पहिलो खेलमै अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति: बुधबार, १४ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.