फाइल फाेटाे चौतारा । सुन्दा अचम्म लाग्न सक्छ, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका– ४ विन्जेलका किसानले दूध बेचेर वर्षीक तीन करोड कमाउँछन् ।
घरमै बसेर गाईभैंसी पालेर वार्षिक दुई करोड ९८ लाख ८७ हजार रुपैयाँ एकै गाउँका किसानले कमाएका हुन् ।
विन्जेल तल्लागाउँका डिल्लीराम नेपालले गत वर्ष १२ हजार ५१७ लिटर दुध बेचेर आठ लाख १२ हजार ४५५ आम्दानी गरे । सोही टोलका ताराप्रसाद नेपालले नौ हजार ८९६ लिटर दूध बिक्री गरेर ६ लाख १६ हजार ३२० रुपैयाँ आम्दानी गरे ।
तोयानाथ नेपालले एक वर्षमा ८ हजार ५४० लिटर दूध बेचेर पाँच लाख ४८ हजार ४४३ कमाएका छन् भने रवीन्द्रले आठ हजार एकसय ४७ लिटर दूध बेचेर पाँच लाख १३ हजार ७०० रुपैयाँ हात पारेका छन् ।
एकै गाउँमा दुग्ध पदार्थ उत्पादन गर्ने जिल्लाकै उत्कृष्ट मानिएको विन्जेल दुग्ध उत्पादक सहकारी संस्थाबाट गत आर्थिक वर्षमा तीन लाख ७९ हजार १६१ लिटर दूध बेचेर दुई करोड ८९ लाख ७८ हजार गाउँमा भित्रिएको अध्यक्ष यदुनाथ नेपालले जानकारी दिए ।
चार सय ४८ शेयर सदस्य रहेको संस्थाले नियमितरुपमा बचत तथा ऋण कार्यक्रम सञ्चालन गरिरहेको छ । संस्थामा एक करोड २३ लाख १० हजार रुपैयाँ बचत तथा एक करोड एक लाख ४७ हजार ऋण लगानी गरिएको संस्थाका व्यवस्थापक द्वारिका नेपाल बताउँछन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,990)
जीवन विकासले बोलायो साधारणसभा (1,966)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,926)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,890)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,809)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,713)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,164)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,149)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (878)