दूध बेचेर एउटा गाउँले कमाउँछ वार्षिक ३ करोड

Satya Sanchar सत्य सञ्चार
फाइल फाेटाे

चौतारा । सुन्दा अचम्म लाग्न सक्छ, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका– ४ विन्जेलका किसानले दूध बेचेर वर्षीक तीन करोड कमाउँछन् ।

घरमै बसेर गाईभैंसी पालेर वार्षिक दुई करोड ९८ लाख ८७ हजार रुपैयाँ एकै गाउँका किसानले कमाएका हुन् ।

विन्जेल तल्लागाउँका डिल्लीराम नेपालले गत वर्ष १२ हजार ५१७ लिटर दुध बेचेर आठ लाख १२ हजार ४५५ आम्दानी गरे । सोही टोलका ताराप्रसाद नेपालले नौ हजार ८९६ लिटर दूध बिक्री गरेर ६ लाख १६ हजार ३२० रुपैयाँ आम्दानी गरे ।

तोयानाथ नेपालले एक वर्षमा ८ हजार ५४० लिटर दूध बेचेर पाँच लाख ४८ हजार ४४३ कमाएका छन् भने रवीन्द्रले आठ हजार एकसय ४७ लिटर दूध बेचेर पाँच लाख १३ हजार ७०० रुपैयाँ हात पारेका छन् ।

एकै गाउँमा दुग्ध पदार्थ उत्पादन गर्ने जिल्लाकै उत्कृष्ट मानिएको विन्जेल दुग्ध उत्पादक सहकारी संस्थाबाट गत आर्थिक वर्षमा तीन लाख ७९ हजार १६१ लिटर दूध बेचेर दुई करोड ८९ लाख ७८ हजार गाउँमा भित्रिएको अध्यक्ष यदुनाथ नेपालले जानकारी दिए ।

चार सय ४८ शेयर सदस्य रहेको संस्थाले नियमितरुपमा बचत तथा ऋण कार्यक्रम सञ्चालन गरिरहेको छ । संस्थामा एक करोड २३ लाख १० हजार रुपैयाँ बचत तथा एक करोड एक लाख ४७ हजार ऋण लगानी गरिएको संस्थाका व्यवस्थापक द्वारिका नेपाल बताउँछन् ।

प्रकाशित मिति: मङ्गलबार, १३ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.