सुनकाे मुल्यमा फेरि बन्याे रेकर्ड, किन बढिरहेकाे छ भाउ ?

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सुनको भाउ आज तोलामा १५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

साेमबार  प्रतितोला १ लाख ६७ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनकाे मूल्यमा रेकर्ड बनेकाे याे नयाँ घटना हाेइन, सनकाे बजार मुल्यले हरेक दिन रेकर्ड बनाइरहेकाे छ ।

पछिल्लो एक वर्षमा विश्व बजारमा सुनको मुल्य ३३ प्रतिशतले बढेको छ । सन २०२२ अक्टोबरमा बजार बढेको हाे ।

सुनकाे भाउ किन बढीरहेकाे छ ?

यसकाे दुई वटा कारण छन्, पहिलाे : मध्यपूर्वी देशकाे युद्ध, 

दोस्रो : अमेरिकी चुनावको नतिजापछि आउन सक्ने अनिश्चितता ।

सुनको मुल्यवृद्धिलाई पहेँलो धातुमा आएको तुफान पनि भन्ने गरिन्छ ।

‘जब जब अन्तर्राष्ट्रिय तनाव र द्वन्द्व बढ्न थाल्छ, त्यसले सुनको माग ह्वात्तै बढाउने गरेको छ,’ विश्लेषकहरुले भनेका छन्,‘ यतिबेला मध्यपूर्वी युद्धको तनाव छ, अर्कोतिर अमेरिकी राष्ट्रपतिको चुनावपछि बढ्न सक्ने अनिश्चितताले लगानी सुनतिर मोडिएको छ ।’ सुनसँगै चाँदीको भाउ पनि बढेको छ ।

विश्वका केन्द्रीय बैंकहरूले पनि सुन किन्ने क्रम बढाएका छन् । विश्व गोल्ड काउन्सिलका अनुसार केन्द्रीय बैंकहरूले चालु वर्षकाे पहिलो ६ महिनामा ४८३ टन सुन खरिद गरेका छन् । टर्की, भारत र चीनका केन्द्रीय बैंकहरू सबैभन्दा ठूलो खरिदकर्ताको सूचीमा शीर्ष स्थानमा छन् ।

सुनको मुल्य वृद्धिको गतिशीलता सन् २०२२ मा रूसले युक्रेनमा आक्रमण गरेदेखि सुरु भएको हो । अमेरिकाले प्रतिबन्ध मार्फत रूसलाई अधिकतम आर्थिक क्षति पुर्‍याउन खोजेको थियो । तर डलरमा कम निर्भर भएका कारण प्रतिबन्धले रुसलाई असर गरेन । जसले विश्व बजारमा डलरकाे निर्भरता घटाउनका लागि सुनकाे प्रयाेग र भण्डारण गर्ने सन्देश पनि दियाे ।

अर्थशास्त्री मोहम्मद एल एरियनले  भनेका छन् ‘ सुनको निरन्तर वृद्धीको कारण मध्यशक्ति राष्ट्रहरुमा बढ्दो टकराव हो । डलरमा आधारित भुक्तानी प्रणालीको विकल्पको रुपमा सुन प्रयोग भइरहेको छ ।’

‘डलर मात्रै होइन, विश्वव्यापी प्रणालीको सञ्चालनमा क्रमिक परिवर्तन पनि हो सुन ,’ एल–एरियनले भनेका छन् ,‘यसले प्रभाव विस्तार गर्दै जाँदा विश्वव्यापी प्रणालीलाई भौतिक रूपमा टुक्राउने छ । डलर र अमेरिकी वित्तीय प्रणालीको अन्तर्राष्ट्रिय प्रभावलाई कम गर्न सक्छ ।’

मूल्यको स्थिर भण्डारका लागि सुनलाई सुरक्षित सम्पत्ति मानिन्छ । जब भूराजनीतिक तनाव बढ्छ, लगानीकर्ताहरू सुनमा लगानी बढाउँछन् ।

युक्रेन विरुद्ध रुसको युद्धदेखि मध्यपूर्वमा बढ्दो द्वन्द्वसम्म ताइवानको स्वतन्त्रताविरुद्ध चीनको लामो समयदेखि चलिरहेको खतराले भूराजनीतिक तनाव बढिरहेको छ, जसले सुनको मार्केटलाई थप फराकिलो बनाइरहेको छ ।

क्यापिटल इकोनोमिक्सका अर्थशास्त्री डेभिक्स ओक्सलीले भने, ‘यदि तपाईं वित्तीय अव्यावहारिकता, वित्तीय दमन र स्वतन्त्रतामा आक्रमणको बारेमा साेचिरहनु भएकाे छ भने सुन एक आकर्षक सम्पत्ति हुनेछ ।’

 अमेरिकी चुनावको सम्भावित नतिजालाई पनि कारण मानिएको छ । ट्रम्पको उदय भए अनिश्चितता हुने डरले सुनमा लगानी गर्नेहरु बढेका छन् । ट्रम्प आउँदा सुनकाे बजार बढ्ने अनुमानले अहिले भण्डारण गर्ने व्यापारी पनि बढेका छन् । एजेन्सीकाे सहयाेगमा 

प्रकाशित मिति: मङ्गलबार, १३ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.